६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

कोशीमा नयाँ सरकार गठनको कसरत: एमाले-माओवादी नेताले भेटे प्रदेश प्रमुख

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरुले कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न प्रदेश प्रमुख परशुराम खापुङको ध्यानाकर्षण गराएका छन्।

प्रदेश सभाबाट पारित संकल्प प्रस्तावमार्फत् विश्वासको मत लिन दिएको निर्देशन मुख्यमन्त्री केदार कार्कीले अवज्ञा गरेपछि एमाले र माओवादी नेताहरु प्रदेश प्रमुखको कार्यालय पुगेका हुन्।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहित नेताहरू रेवतीरमण भण्डारी, राम राना र लीलाबल्लभ अधिकारी तथा माओवादी नेताहरू इन्द्रबहादुर आङ्बो, जीवन आचार्यसहितको टोलीले मुख्यमन्त्री कार्कीले प्रदेश सभाको निर्देशन अवज्ञा गरेको निष्कर्ष निकाल्दै नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई आग्रह गरेका छन्।

मुख्यमन्त्री कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिने अडान लिदै आएका छन्। केन्द्रमा नयाँ गठबन्धन बनेसँगै कार्की अल्पमतमा परेको बताउँदै एमाले र माओवादी नेताहरुले नयाँ सरकार गठनको पहल गरिरहेका छन्।  प्रदेश प्रमुखसँग आजै २ बजे थप छलफल हुने नेताहरूले बताएका छन्।

प्रकाशित: २६ वैशाख २०८१ १३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App