६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

गठबन्धन बचाउन दाहाल-ओलीले फुटाएको हो जसपा नेपाल ?

जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि विभाजित भएको छ। प्रतिनिधि सभामा १२ सांसद रहेको जसपा नेपाल आइतबार पुनः दुई चिरामा विभाजन भएको हो। अशोक राईसहित ७ जना सांसद मिलेर जनता समाजवादी पार्टी ९जसपा० गठन गरेका हुन्। नयाँ दललाई सोमबार नै निर्वाचन आयोगले मान्यता दिइसकेको छ।

जसपा नेपाल विभाजित भएपछि विभिन्न टिकाटिप्पणी भइरहेका छन्। अध्यक्ष उपेन्द्र यादवले गठबन्धन परिवर्तन गर्दै कांग्रेससँग मिलेर सरकार ढाल्ने प्रयास गरेकाले पार्टी विभाजन गर्न परेको असन्तुष्ट सांसदहरूको दाबी छ।

त्यसैले जसपा नेपाल विभाजनमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको मूख्य भूमिका रहेको आरोप पनि पछिल्लो सयम राजनीतिकवृत्तमा सुरु भएको छ।

तर यो कुरा सबै निराधार रहेको जसपा नेपालका प्रवक्ता मनीषकुमार सुमन बताउँछन्। जसपा नेपालको आउँदै गरेको महाधिवेशन बिथोल्न पार्टी फुटाएको उनको आरोप छ। ‘जसपा नेपालको महाधिवेशन जेठमा हुँदैछ। महाधिवेशनमा पार्टीको विधान अनुसार सबै पदाधिकारी निर्वाचित हुनुपर्ने व्यवस्था छ। उक्त महाधिवेशनमा पराजय भोग्नुपर्छ भनेर साथिहरुले पार्टी छोडेर जानुभयो,’ उनले भने।

पार्टी अध्यक्षले एकलौटी निर्णय नगरेको पनि सुमनको दाबी छ। ‘साथीहरु आफै बैठकमा आउन छाड्नु भएको थियो। अनि पार्टी अध्यक्षले एकलौटी निर्णय गर्यो भनी आरोप लगाउनु भयो,’ उनले भने, ‘उहाँहरु पनि पार्टीको संगठन विभागको प्रमुख हुनुहुथ्र्यो। अन्य पदमा पनि हुनुहुथ्यो। महाधिवेशन छल्नका लागि उहाँहरुले अलग पार्टी बनाउनुभयो।’

वर्तमान गठबन्धनबाट अलग भएर जसपा नेपाल कांग्रेससँग मिल्न लागेको भन्ने कुरा निराधार रहेको उनको भनाइ छ। ती हल्लामात्र भएको उनले बताए । ‘हाम्रो पार्टी अध्यक्ष १३ दिनदेखि देश बाहिर हुनुहुन्थ्यो। अध्यक्ष देशमै नभएपछि हामीले कुनै नेतालाई भेटेका पनि छैनौं। भेट्ने कुरा पनि भएन,’ उनले भने।

पार्टी अध्यक्ष उपेन्द्र यादवलाई कांग्रेसले प्रधानमन्त्रीको आफर नगरेको पनि उनले स्पष्ट पारे । उनले भने, ‘कांग्रेसले पार्टी अध्यक्षलाई प्रधानमन्त्रीको आफर गरे भन्ने कुरा अफवाह हो। हामीले त्यस्तो कुरा सोचेका पनि छैनौं।’ कांग्रेसले त्यस्तो आफर गरेपनि तत्काल स्वीकार नगर्ने सुमनको भनाइ छ।

यता नयाँ जनता समाजवादी पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले उपेन्द्र यादवको अलोकतान्त्रिक निर्णयले आफूहरु पार्टी फुटाउन बाध्य भएको बताए। महाधिवेशन विथोल्न पार्टी छोडेको भन्ने सुमनको आरोपमा भने कुनै सत्यता नभएको राईको दाबी छ।

उनको प्रश्न छ, ‘महाधिवेशनमा हार्छौं भन्ने थियो भने फरक पार्टी खोल्न बहुमत सदस्य कसरी पुगेरु बहुमत भएको हामीलाई महाधिवेशनमा हार्छौं भन्ने किन डररु’ उपेन्द्र जीले महाधिवेशन पनि एकलौटी गर्न खोज्नुभयो। हामी मात्र छुटेका होइनौं। योभन्दा अगाडि छोडेर जानेहरुको पनि इतिहास हेर्नुस्।’

उपेन्द्र यादवसँगै कुनै समय एकै दलमा रहेका महन्थ ठाकुर, राजेन्द्र महतो, डा।बाबुराम भट्टराई अहिलले फरक फरक दलमा छन्।

उपेन्द्र यादवको एकलौटी निर्णयका कारण नै अन्य नेताहरुले पनि पार्टी फुटाउँदै गएको महासचिव राईको आरोप लगाए। कांग्रेसले उपेन्द्र यादवलाई प्रधानमन्त्रीको अफर गरेको भन्ने जानकारी भने आफूलाई नभएको उनको भनाइ छ।

सत्ता गठबन्धनले जसपा फुटाएको हो भन्ने आरोप छ नी भन्ने प्रश्नमा राईले कुनै नेताले चाहादैमा पार्टी नफुट्ने जिकिर गरे। उनले भने, ‘कांग्रेसले उपेन्द्र यादव ज्यूलाई प्रधानमन्त्रीको अफर गरेको उहाँलाई थाहा होला। हामीलाई कसैले केही भनेको छैन। कुनै नेताले चाहादैमा पार्टी फुट्ने होइन्। हामी उपेन्द्र ज्यूको कार्यशैलीले गर्दा छुटिएका हौं।’

स्थायी सरकार र राजनीतिको पक्षमा आफूहरु रहेको र वर्तमान सरकारलाई नै आफूहरुले समर्थन गरेको उनले बताए।

अशोक राई, राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, रेणु यादव, प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतोलगायत नेताहरूले जसपा नेपाल विभाजन गरी नयाँ पार्टी जसपा गठन गरेका हुन् । निर्वाचन आयोगले मान्यता दिइसकेपछि आगामी वैशाख २८ गते सुरु हुने प्रतिनिधि सभाको अधिवेशनबाटै उनीहरु फरक अस्तित्वमा प्रस्तुत हुनेछन्।

प्रकाशित: २५ वैशाख २०८१ १७:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App