६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

गृहमन्त्रीलाई संसद्मा बोल्न दिन कांग्रेस सकारात्मक: सन्तोष परियार

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली कांग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने कुरामा सकारात्मक देखिएको बताएका छन्।

मंगलबार सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक परियारले यस्तो बताएका हुन्।

नेपाली कांग्रेस सहज तरिकाले बोल्न दिनुपर्छ भन्ने ठाउँमा पुगेको बताउँदै उनले कुनैपनि हिसाबमा समिति बनाउन जरुरी नरहेको पार्टीको निष्कर्ष रहेको पनि सुनाए। व्यक्ति केन्द्रित भएर समितिको माग गर्नु तर्कसङ्गत नरहेको उनको जिकिर थियो।

‘संसद्मा गृहमन्त्रीले बोल्ने कुरामा सहज तरिकाले बोल्न दिनुपर्छ भन्ने ठाउँमा नेपाली कांग्रेस पुगेको छ। कुनै व्यक्तिलाई निषेध गर्नु हुँदैन। समितिको कुरा आज पनि हामीले छलफल गर्दा कुनैपनि हिसाबमा समिति बनाउन जरुरी छैन भन्नेमा हामी छाैँ। सरकारले प्रश्न उठेपछि सम्बोधन गर्नुपर्छ। गृहमन्त्रीज्यूले सम्बोधन गर्नुहुनेछ। व्यक्ति केन्द्रित भएर समितिको माग तर्कसङ्गत छैन भन्नेकुरा कांग्रेसले बुझेको छ।’

उनले आगामी संसद्को बैठकमा गृहमन्त्रीले उक्त विषयमा आफ्ना धारणा राख्ने पनि जनाए।

प्रकाशित: २५ वैशाख २०८१ १५:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App