६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

पार्टी एक ढिक्का रहेको एकीकृत समाजवादीको निष्कर्ष

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आफ्नो पार्टी एकतावद्ध रहेको बताएको छ।

सोमवार बसेको संसदीय दलको बैठकले पार्टीको सम्बन्धमा विभिन्न अफवाहहरु फैलाइएको भन्दै पार्टी एकढिक्का रहेको निष्कर्ष निकालेको हो।

आईतवार उपेन्द्र यादव नेतृत्वको सत्तारुढ जनता समाजवादी पार्टी, नेपाल विभाजन भएसँगै एकीकृत समाजवादी पनि विभाजन हुनसक्ने भनेर टिकाटिप्पणी शुरु हुन थालेको थियो। सोही विषयलाई प्रष्ट्याउँदै एकीकृत समाजवादीले पार्टीलाई अझ बलियो र सशक्त बनाउने दृढता पनि व्यक्त गरेको छ।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शेरबहादुर कुँवरले बजेट अधिवेशनमा सशक्त ढंगले भुमिका खेल्ने र संसदीय दललाई प्रभावकारी बनाउने निर्णय गरिएको बताए। उनले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझाव दिने निर्णय भएको पनि जानकारी दिए।

त्यस्तै, उनले पार्टीका बारेमा हल्ला चलाइएको भन्दै आफूहरुको पार्टी एकढिक्का भएको बताए।  

प्रकाशित: २४ वैशाख २०८१ १८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App