६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन्ः ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाहा, हुहु गर्नेहरु पनि अहिले मन्त्री भएको टिप्पणी गरेका छन्।  

सोमवार पार्टी मुख्यालय च्यासलमा आयोजित राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

ओलीले संसदमा कसैको पनि बहुमत नभएकाले हाहा, हुहु गर्नेहरुले पनि गठबन्धन मिलाउने क्रममा मन्त्री हुने मौका पाउने अवस्था आएको पनि स्पष्ट पारे। त्यागको अवमूल्यन र अपमान गर्ने भुई फुट्टा प्रवृत्ति मुलुकमा देखापरेको उल्लेख गर्दै ओलीले त्यस्ता प्रवृत्ति बेलाबेलामा प्रकट भएपनि धेरै टिक्न नसक्ने बताए।

उनले त्यस्ता प्रवृत्तिहरुलाई चिन्न, बुझ्न राजनीतिज्ञ ज्ञवाली जस्ता नेताहरुको देश र जनताप्रतिको समर्पणप्रति सम्मानभाव राख्दै अघि बढ्न पार्टीका नेता, कार्यकर्तार्लाइ सचेत गराए।  

प्रकाशित: २४ वैशाख २०८१ १८:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App