६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

वामदेवलाई ओलीको जवाफः तपाईंको भावनालाई अघि बढाउँछौँ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गर्ने वामदेव गौतमको प्रस्तावलाई आफूले सकारात्मक रुपमा लिएको बताएका छन्।

सोमवार पार्टी मुख्यालय च्यासलमा आयोजित राजनीतिज्ञ सिद्धीनाथ ज्ञवाली स्मृतिग्रन्थ समारोहमा ओलीसँगै सहभागी भएका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक गौतमले छिटो भन्दा छिटो एमाले प्रवेशका लागि अध्यक्ष ओलीलाई दबाब दिन एमाले नेता, कार्यकर्तालाई दबाब दिन आग्रह गरेका थिए।

ओलीले त्यसको जवाफ दिनेक्रममा सो प्रतिक्रिया दिएका हुन्। उनले सो विषयमा छलफल गर्नका लागि उपयुक्त थलो नभएकाले त्यस विषयमा प्रवेश नगर्ने उल्लेख गर्दै पछि अर्को समयमा छलफल गर्ने पनि बताए। अध्यक्ष ओलीले गौतमको भावनालाई अघि बढाउने बताए।

उनले भने, ‘वामदेव कमरेडले कतिपय कुराहरु उठाउनुभएको छ। मैले छलफल गर्ने यो थलो होइन। त्यसकारण म त्यसमा प्रवेश गर्दिन। पछि हामी अर्को समयमा छलफल गर्नसक्छौ। म यति भन्न सक्छु–वामदेवजीको अहिले जुन भावना अभिव्यक्त भएको छ एकताको भावना। त्यो सकारात्मक भावना हो। यस भावनालाई अगाडि बढाऔं। उहाँ राष्ट्रिय एकता महाअभियानका अध्यक्ष हुनुहुन्छ। यो महाअभियान सफल होस्। मेरो शुभकामना पनि छ उहाँलाई।’

प्रकाशित: २४ वैशाख २०८१ १७:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App