६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

जसपा विवाद : पार्टी विभाजनका लागि दिएको निवेदन असंवैधानिक

अध्यक्ष यादवले बोलाए संसदीय दलको बैठक

जनता समाजवादी पार्टी (जसपा) नेपालले अशाेक राई नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन असंवैधानिक रहेको दाबी गरेको छ ।

अशोक राई (Ashok Rai) सहित ७ सांसदले जसपा विभाजन गर्दै नयाँ दल दर्ताका लागि आइतबार आयोगमा निवेदन दिएका थिए । उनीहरुले दलको नाम जनता समाजवादी पार्टी राख्न प्रस्ताव गरेका छन् ।  

त्यसको एकदिनपछि सोमबार जसपा प्रवक्ता मनीषकुमार सुमन (Manish Kumar Suman) ले असंवैधानिक तरिकाबाट दिइएको निवेदनका आधारमा आयोगले नयाँ दल दर्ता नगर्ने विश्वास व्यक्त गरेका छन् । सोमबार विज्ञप्ति निकाल्दै उनले बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिबद्ध रहेको दाबी गरे । उनले भने,  ‘यस्तो अवस्थामा केही विभाजित मनस्थितिका व्यक्ति निर्वाचन आयोगमा गई असंवैधानिक निवेदन दिएका आधारमा दल विभाजन हुने अवस्था नरहेको अनुरोध छ ।’

जसपा विभाजनका लागि राई समूहले आयोगमा निवेदन दिएपछि अध्यक्ष उपेन्द्र यादव (Upendra Yadav) ले संसदीय दलको बैठक बोलाएका छन् । न्युयोर्कमा आयोजना भएको  विश्व जनसंख्या सम्बन्धी सम्मेलनमा भाग लिएर स्वदेश फर्कने क्रममा कतार आइपुगेका उनले सांसदहरुलाई फोन गरेर बैठकमा सहभागी हुन भनेका हुन् । बैठक मंगलबार बिहानका लागि बोलाइएको छ । अध्यक्ष यादव सोमबार राति काठमाडौं फर्कँदैछन् । 

प्रकाशित: २४ वैशाख २०८१ १६:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App