२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

लगानी सम्मेलनप्रति गहिरो आशा र विश्वास छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल एक प्रमुख लगानी गन्तव्यको रुपमा उदाइरहेको र यसले विश्वभरका लगानीकर्ताहरूका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्ने भन्दै लगानी सम्मेलनेप्रति आफ्नो गहिरो आशा र विश्वास रहेको बताएका छन्।

उनले आइतबार ‘नेपाल लगानी सम्मेलन २०२४’ लाई सम्बोधन गर्दै यस्तो बताएका हुन।

‘यस सम्मेलन हुँदै गर्दा म गहिरो आशा र विश्वासमा छु किनभने नेपाल एक प्रमुख लगानी गन्तव्यको रूपमा उदाइरहेको छ, यसले विश्वभरका लगानीकर्ताहरूका लागि  महत्त्वपूर्ण अवसरहरू प्रदान गर्दैछन’, उनले भनेका छन्, ‘नेपाल गौतम बुद्ध, सगरमाथा र वीर मानिसहरूको भूमि हो। त्यसैगरी, यो विदेशी लगानीलाई हृदयदेखि स्वागत गर्ने देश हो। नेपाल प्रयोग नभएका अपार सम्भावना र अवसरका केन्द्रमा उभिएर लगानीकर्ताहरूलाई स्वागत गर्दैछ। हाम्रो उदार आर्थिक नीतिप्रतिको अटल प्रतिबद्धता जीवन्त र लगानीकर्तामैत्री व्यापार वातावरणको जग हो। लगानीकर्ता, उद्योगी, नव प्रवर्तक र व्यवसायीहरूलाई सहजता प्रदान गर्न हामी निरन्तर सुधार गर्न दृढ छौँ। यस सन्दर्भमा नेपाल सरकारले हालै व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानुन परिमार्जन गरेको छ । मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ।’

प्रकाशित: १६ वैशाख २०८१ १२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App