२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

आरजुको प्रश्न: नेपाल सरकारको प्राथमिकतामा पोषण पर्छ कि पर्दैन ?

नेपाली काँग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणाले सरकारले पोषण क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने बताएकी छन्।

शुक्रवार ललितपुरमा आयोजित ‘नेशनल कल्सल्टटिभ वर्कशप अन न्युट्रेसन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति राणाले पोषणको क्षेत्रमा सरकारले बजेट बढाउनुपर्ने बताएकी हुन्।

उनले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । बालबालिकाको पोषणको आधारमा भविष्यमा कस्तो नागरिक हुन्छन् भन्ने निक्र्यौल हुने भन्दै उनीहरुको पोषणका निम्ति राज्यले ध्यान दिनुपर्ने उनले बताएकी छन्। 

पोषणलाई सरकारको प्राथमिकतामा पार्नको निम्ति स्थानीय तहदेखि नीतिगत तहसम्म पहल जरुरी रहेको र पोषणका सम्बन्धमा सरकारको विभिन्न रणनीतिहरु भएको उल्लेख गर्दै रणनीतिको कार्यान्वयनको पक्षलाई जोड दिनुपर्ने उनको भनाइ छ।

उनले प्नश्न गरिन्, ‘अहिले पोषण दिने कुरा ५ कक्षामा घट्यो। पैसा पनि १५ रुपैयाँले के आउँछ ? एकातिर भाउहरु बढिरहेको छ भन्ने थाहा छ भने नेपाल सरकारको प्राथमिकतामा पोषण पर्छ कि पर्दैन ?’

पोषणलाई सरकारको प्राथमिकतामा पार्नका निम्ति स्थानीय तहदेखि नीतिगत तहसम्म सबैले पहल गर्नुपर्नेमा उनले जाेड दिइन्। उनले भनिन्, ‘रणनीति बनाउनु राम्रो हो, तर कार्यान्वयन गर्ने हो कि होइन ? १०/१२ वटा त रणनीति रहेछ। रणनीति मात्रै बनाएर भएन। कृषि क्षेत्रमा बजेट बढाउनुपर्छ भन्ने अभियानमा छु। कृषि पोषणसँग पनि सम्बन्धित छु।’

उनले आफू कृषि क्षेत्रमा रहेकाले सरकारले यस क्षेत्रका लागि बजेट बढाउनुपर्छ भन्ने पक्षमा आफू रहेको बताइन्।  

प्रकाशित: १४ वैशाख २०८१ १५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App