२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

१६ औं पञ्चवर्षीय योजना सनातनी र परम्परागत भयोः उपप्रधानमन्त्री यादव

फाइल तस्बिर

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले १६ औं पञ्चवर्षीय योजनामा सनातनी र परम्परागत योजनाहरु रहेको बताएका छन्।

आज काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै १६ औं पञ्चवर्षीय योजनामा कृषि, पर्यटन, उर्जाको क्षेत्रलाई प्राथमिकता दिन नसकेको बताएका छन्।

उनले कृषिलाई औद्योगिकरण गरेर मात्रै गरिबहरुको बेरोजगारी घटाउन सकिने भएपनि कृषि क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसकेको गुनासो गरे।

उनले उद्योग धन्दाहरु सञ्चालन गर्ने, शिक्षा, स्वास्थ्यको क्षेत्र पनि सरकारको प्राथमिकतामा नपरेको बताए। उनले विगतमा अत्याधिक मुनाफामा सञ्चालित रहेका उद्योगहरु गलत नीतिका कारण र निजीकरण, उदारीकरणको बढी प्रभावमा बहकिँदा बन्द भएको उल्लेख गरे।

उनले बन्द भएका उद्योगहरु कसरी सञ्चालन गर्ने भनेर १६ औं पञ्चवर्षीय योजनामा नराखिएको बताए। उनले नयाँ उद्योगहरु खोल्ने र लगानी गर्ने वातावरण कसरी सिर्जना गर्ने ? भन्नेकुरा पनि प्राथमिकतामा नपरेको बताए।

उनले परम्परागत प्रणालीको कृषिलाई आधुनिकीकरण नभइकन र ल्याण्ड म्यानेजमेण्ट सिस्टममा आमुल परिवर्तन नगरी र नीति निर्माण नगरी यथास्थितिमा विकास सम्भव नरहेको बताए।

उपप्रधानमन्त्री यादवले प्राथमिकता दिँदा शैक्षिक, आर्थिक रुपले अति छाडि परेका विपन्न वर्ग र मानवीय जीवनमा समेत मानवीय रुपमा बाँच्न नसकेका व्यक्तिलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बताए।

उनले योजना आयोगले पुरानो तौरतरिकाबाट अघि बढेर योजना बनाउन आवश्यक रहेको भन्दै संघीयता कमजोर भएर प्रदेशलाई अपाङ्ग बनाएर विकास हुन नसक्ने बताए।

प्रकाशित: १३ वैशाख २०८१ १०:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App