२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

तीन दशकको अभ्यासहरूलाई सच्याउन समय लाग्ने :गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकदेखिको अभ्यासहरूलाई सच्याउन समय लाग्ने बताएका छन्। धेरैले सार्वजनिक विदाबारे प्रश्न उठाउन थालेपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा पाेस्ट गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।

स्ट्याटस लेख्दै लामिछानेले विगतका कैयौं निर्णय र परम्परा छन् जसलाई नीतिगत निर्णय गरी सच्याउनुपर्ने जनाएका छन्। ‘अनावश्यक बिदा, भिआइपी सवारीका नामको नागरिकले पाउने सास्ती, करोडौं खर्च गरेर दिइने पदक सम्मान, आम माफीका नाममा पहुँचवाला अपराधीलाई मात्र छुट, सुरक्षाकर्मीहरूलाई कामदार बनाउने परम्परा, केही भूतपूर्वहरूलाई दिइँदै आएको अभूतपूर्व सुविधा लगायतका तमाम विषयमा पदबाहल गरेको दिनदेखि नै लगातार काम गरिरहेको छु,’ उनले भनेका छन्।

यसको परिणाम छिट्टै आउने र  विधि नै नफेरीकन कुनै व्यक्ती, देश वा घटना हेरेर फरकफरक निर्णय गरिनु कूटनीतिक, राजनीतिक र वैधानिक हिसाबले सही नहुने उनले उनको भनाइ छ।

‘जे कुरा हिजो गलत भनिएको थियो त्यो आज पनि गलत नै हो, हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन। तर, तीन दशकको अभ्यासहरूलाई सच्याउन समय त लाग्छ। धेरै काम हुदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ,’ उनले भनेका छन्।

कतारका राजा शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणका अवसरमा सार्वजनिक बिदा दिइएकोबारे टिप्पणी भैइरहदाँ उनले यसको प्रष्टीकरण सामाजिक सञ्जालबाटै दिएका हुन्। 

प्रकाशित: ११ वैशाख २०८१ १०:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App