२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आज यसरी आउँदैछन् कतारका राजा थानी, यस्तो छ कार्यक्रम

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणमा पहिलोपटक आज नेपाल आउन लागेका छन्। उनी साँझ ५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ। सरकारले उनलाई उच्च प्रोटोकलको सुरक्षा व्यवस्था दिँदै छ। 

थानीलाई स्वागत गर्न राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम छ। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्नेछन्। 

अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिनेछ। उनको सुरक्षाको नेतृत्व नेपाली सेनाले लिएको छ। नेपाली सेनालाई सशस्त्र र नेपाल प्रहरीले साथ दिनेछन्। 

राजा थानी राष्ट्रपति पौडेलको स्वागतपछि विमानस्थलबाट सिधै कालीमाटीस्थित सोल्टी होटेल जानेछन्। उनी आफ्नो भ्रमण अवधिभर त्यही बस्नेछन् । मंगलबार साँझ राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्ने छन्। यसपछि थानी राष्ट्रपति पौडेलले सोल्टी होटेलमा आयोजना गरेको राजकीय रात्रिभोजमा सहभागी हुने छन्। 

बुधवार भने राजा थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच द्विपक्षीय भेटवार्ताको कार्यक्रम तय गरिएको छ। यो वातापछि दुई देशबीच विभिन्न क्षेत्रमा समझदारी हुने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ। 

राजा थानी आफु एउटा हवाईजहाजमा आउँदै छन् भने अर्को जहाजमा आफ्ना भ्रमण दलका अन्य प्रतिनिधिहरू आउने छन्। उनको भ्रमणको तयारीका लागि कतारबाट पहिले नै तीन दर्जन  भन्दा बढी प्रतिनिधिहरू आइसकेका छन्।  

दुई देशबीच कूटनीति सम्बन्ध स्थापना भएपछि कतार प्रमुखबाट हुन लागेको यो पहिलो उच्च भ्रमण हो। दुई देशबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। यसपछि नेपालका तत्कालीन राजाहरू, प्रधानमन्त्रीहरू, मन्त्रीहरूले, सभामुखलगायतका उच्च पदस्थहरू कतार भ्रमणमा गइसकेका छन्। तर कतारबाट अहिलेसम्म नेपालमा मन्त्रीस्तरीय भ्रमण मात्र भएको छ। 

कतार विशेषगरी धेरै नेपालीहरू श्रमिकहरू पुगेको मुलुकमा पर्छ। यो नेपालको मात्र नभई एसियाली मुलुकका श्रमिकहरूको प्रमुख गन्तव्य स्थल पनि हो। कतारमा साढे ३ लाख हाराहारीमा नेपाली छन्। 

प्रकाशित: ११ वैशाख २०८१ ०८:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App