२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेले गतिलो ‘भाइ कांग्रेस’ बन्ने उद्देश्य राखेको छ: अध्यक्ष वैद्य

फाइल तस्बिर।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेकपा (एमाले) ले आफूलाई भाइ कांग्रेस बनाउनका लागि नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हीरक जयन्ती मनाएको टिप्पणी गरेका छन्।

सोमबार १५५ औँ लेनिन जयन्तीको सन्दर्भमा पार्टीले आयोजना गरेको साम्राज्यवादी युगमा लेनिनवादको महत्त्व विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष वैद्यले एमालेले गतिलो भाइ कांग्रेस बन्नका लागि हीरक जयन्ती मनाएको टिप्पणी गरेका हुन्।

उनले एमालेले हीरक जयन्ती मनाउनुको उद्देश्य २०८४ मा हुने चुनाव जितेर प्रतिक्रियावादी राज्यसत्ता, दलाल नोकरशाही पुँजिवाद र संसदीय व्यवस्थालाई अझ बलियो बनाउनु रहेको जिकिर गरे।

सत्तामा रहेका एमाले, माओवादी केन्द्र, र एकीकृत समाजवादी कम्युनिस्ट पार्टी नभएको बताउँदै उनले भने ‘कम्युनिस्ट आन्दोलन दुई धारमा बाँडिएको छ। सत्तामा भएका कम्युनिस्ट पार्टीहरु दक्षिणपन्थी अवसरवादी धारमा छन्। सत्तामा रहेका कम्युनिस्ट पार्टी र कांग्रेसका बीचमा कुनै तात्त्विक र मौलिक भिन्नता छैन।’

उनले सत्ताधारी कम्युनिस्टहरुले नेपालको वामपन्थी जनमतलाई भ्रममा पार्नका लागि मात्रै कम्युनिस्ट नाम राखेका उल्लेख गरे। अध्यक्ष वैद्यले सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध बनाए क्रान्ति गर्न सकिने जिकिर गरे।

प्रकाशित: १० वैशाख २०८१ १८:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App