२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले भने: ‘म केपीजीलाई विश्वास गर्न चाहन्छु’

प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले विश्वास गर्न चाहेको बताएका छन्।

 सोमबार गोदावरीमा नेकपा (एमाले) ले गरेको हीरक महोत्सवमा बोल्ने क्रममा प्रधानमन्त्रीले आफूले ओलीलाई विश्वास गर्न चाहेको बताएका हुन्।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले कम्युनिष्टहरूको सहकार्यमा देशमा ठूला ठूला परिवर्तन आएको बताए। कम्युनिष्टहरू मिल्दा ठुल्ठूला सफलता हासिल गरेको र नमिल्दा नोक्सान भएको बारेमा पनि स्मरण गरे।

उनले पहिलाको जस्तो गरेर हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा आफूहरु नरहेको पनि जिकिर गरे। उनले यसअघि कम्युनिष्ट एकता गर्दा बढी हौसिएको अनुभव आफूले गरेको सुनाए।

‘अहिले कम्युनिष्ट पार्टीहरुबीच सहकार्यको सुरुवात भएको छ। जनतालाई र देशलाई राम्रो सेवा दिने अवसर मिलेको छ। जनतालाई र देशलाई राम्रो सेवा दिनसके राजनीतिक दल र कम्युनिष्टहरुको बीचमा स्वतः नै एकताको आधारभूमि तयार हुन्छ।’ उनले भने।

नेकपा एकता र विग्रहको समीक्षासहितको सम्बोधनको अन्तिममा उनले पुनः आफू ओलीलाई विश्वास गर्न चाहेको बताए। ‘कमरेड केपी ओलीलाई म विश्वास गर्न चाहन्छु, हामी हिजो विश्वास र अविश्वासको निकै ठूलो चक्रबाट गुज्रेका छौं,’ म विश्वास गर्न चाहन्छु,’ उनले भने।

प्रकाशित: १० वैशाख २०८१ १५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App