२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गणतन्त्रको संरक्षण जरुरी: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवाद, सहमति र सहकार्यबाट लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्नुपर्ने बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हीरक महोत्सवका अवसरमा गोदावरीमा भइरहेको समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली सुनिश्चित गर्न सबैको सहकार्य जरुरी रहेकाे बताए।

‘नेकपा स्थापना भएको ७५ वर्ष पूरा भएको छ, त्यसमा म बधाई दिन चाहन्छु’, सभापति देउवाले भने, ‘नागरिकको मौलिक हक अधिकारको संरक्षण, देशमा दिगो शान्ति, सुशासनका लागि न्यूनतम सहमति र सहकार्य जरुरी छ।’

उनले सङ्घीय संसदमा प्रतिपक्षले उठाएका विषयलाई गम्भीरतापूर्वक लिनसमेत आग्रह गरे। उनले जननेता मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता किन नलागेको भन्दै प्रश्नसमेत गरेका थिए।

यो पनि पढ्नुहोस्

ओलीलाई देउवाकाे प्रश्न: मदनको हत्यारा किन पत्ता लागेन ?

प्रकाशित: १० वैशाख २०८१ १५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App