२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सर्वदलीय सरकारमा सामेल हुन मुख्यमन्त्री कार्कीको आग्रह

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतिको सर्वदलीय सरकार निर्माणका लागि आग्रह गरेका छन्। कोशी प्रदेश सभाको विशेष अधिवेशनमा एमाले र माओवादीले राखेको संकल्प प्रस्ताको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा सहमतिको सर्वदलिय सरकार गठनका लागि आग्रह गरेका हुन्।

कार्कीले भने, ‘आउनुस् सबै मिलेर सहमतिको सर्वदलीय सरकार बनाएर अघि बढौं।’ कार्कीले आफैंले बनाएको संसिवधान र संघीयताको रक्षा गर्नका लागि दलहरूलाई आग्रह गरे।

उनले संविधानअनुसार अघि बढ्ने स्पष्ट पारे। कार्कीले संविधानको धारा छाडेर पोखरीतिर नजाने बताए। ‘संविधानको धारा अनुसार अघि बढ्छु’ कार्कीले भने, ‘संविधानको बर्खिलापमा गएर मुख्यमन्त्रीले केही गर्छ कि भनेर संकल्प प्रस्ताव ल्याइरहनु उचित नभएका कारण संकल्प प्रस्ताव फिर्ता लिन आग्रह गर्दछु।’

कोशीको प्रदेशसभामा संकल्प प्रस्ताव पेस नै नभएको कार्कीले दाबी गरे। संसद्मा पेस नभएको संकल्प प्रस्ताव पारित हुनु र नहुनुको अर्थ नभएको कार्कीले बताए। 

सभामुखले दिएको समयमा संकल्प प्रस्ताव पेस नभएका कारण वैधानिक रुपमा संकल्प प्रस्ताव प्रदेश सभामा पेस भएकै छैन’, कार्कीले भने। उनले प्रदेशसभामा सभामुखले दिएको समयमा संकल्प प्रस्ताव पेस नभए पनिप्रदेश प्रमुखले आह्वान गरेको प्रदेशसभा बैठकको छलफलमा सहभागी भएको स्पष्ट पारे।

प्रकाशित: ७ वैशाख २०८१ १५:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App