२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कोशी प्रदेशमा सङ्कल्प प्रस्तावमाथि छलफल सुरू

फाइल तस्बिर

कोशी प्रदेशसभामा नेकपा एमाले र माओवादी केन्द्रले पेश गरेको सङ्कल्प प्रस्तावमाथि छलफल सुरू भएको छ।

शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री केदार कार्की विरुद्धको सङ्कल्प प्रस्तावमाथि छलफल सुरू भएको हो।

छलफलमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले अल्पमतमा परिसकेपछि ३० दिनभित्र मुख्यमन्त्रीले  विश्वासको मत लिनुपर्ने नभए राजीनामा दिनुपर्ने धारणा राखे। १६८ को उपधारा ५ अनुसार बनेको सरकार चिरस्थायी हुने कहीँ पनि व्यवस्था नरहेको स्पष्ट पारे।

संवैधानिक इजलासले सरकार चिर स्थायी नहुने दलले मात्रै हैन सांसदले पनि समर्थन फिर्ता लिन पाउने व्याख्या गरेको आङ्वोको दाबी छ। संविधान अनुसार तत्कालै कोशी प्रदेशमा प्रदेशसभा विघटन नहुने उनले जिकिर गरे।

आङ्वोले भने, ‘संसद्ले सरकार बनाउन सक्ने अबस्थाहुन्जेल प्रदेशसभा विघटन हुने अवस्था नै आउँदैन।’ आङ्वोले अल्पमतमा परिसकेका कारणे सहज रुपमा राजनीतिक निकास दिन मुख्यमन्त्रीलाई आग्रह गरे।

प्रकाशित: ७ वैशाख २०८१ १२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App