२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लुम्बिनीका ७ मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशमा मन्त्री परिषद् ११ सदस्यीय बनेको छ। मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार ७ मन्त्रीलाई नियुक्त गरेसँगै प्रदेश सरकार ११ सदस्यीय बनेको हो।

बिहीबार नियुक्त भएका ७ मन्त्रीले बिहीबार बेलुका शपथ लिएका छन्।

एमालेबाट मन्त्री बनेका भूमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुन बहादुर केसी, र रत्नबहादुर खत्रीले शपथ लिए भने नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्बहादुर बस्नेत र एकीकृत समाजवादीबाट भगवती चौधरीले मन्त्री पदको शपथ लिएका छन्।

उनीहरुलाई मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन। उनीहरु सबै विना विभागीय मन्त्री हुन्। यसअघि मुख्यमन्त्री सहित अन्य तीन मन्त्रीले शपथ लिइसकेका छन्।

प्रकाशित: ६ वैशाख २०८१ १८:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App