१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारबाट बाहिरिने धम्कीपछि लुम्बिनीमा एकीकृत समाजवादीले पायाे मन्त्रालय

लुम्बिनी प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादी पनि सहभागी हुने भएको छ।

सरकारलाई दिएको समर्थन र्फिता लिने धम्की पछि समाजवादीलाई पनि सरकारमा सहभागी गराउन लागिएको हो। 

समाजवादीबाट भगवती अधिकारीलाई मन्त्री भएकी छिन्। उनलाई मुख्यमन्त्री जोखबहादुर महराले मन्त्री नियुक्त गरेका हुन्। 

नेकपा एसले पूर्व सहमती अनुसार मन्त्रालय नदिईएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्मको तयारीमा रहेको जनाएको थियो। यो आपत्ति पछि मुख्यमन्त्री महराले मन्त्रीहरुको सुचीमा अधिकारीको नाम पनि समावेश गरेका हुन्।

प्रकाशित: ६ वैशाख २०८१ १४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App