२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

तिङलाका मतदाताले परिचयपत्र लिएनन्, वडा नै उम्मेदवार बिहिन

सोलुखुम्बु- दोस्रो चरणको निर्बाचन हुन लागेको सबै स्थानमा आजबाट मतदाता परिचय पत्र बितरण सुरु भएपनि सोलुखुम्बुको तिङला गाउँका कुनै पनि सर्बसाधरणले परिचय पत्र लिएका छैनन्।

१४ गतेको निर्बाचनका लागि नेचा सल्यान गाउँपालिका अन्तर्गत ६ नम्बर वडा तिङलामा ५ वटै मतदान केन्द्रमा कर्मचारीहरु मतदाता परिचयपत्र बितरण गर्न बसिरहँदा यहाँका सर्बसाधरणहरु भने कोही खेतबारीमा ब्यस्त थिए भने कोही घरयासी काम मै ब्यस्त थिए।

२ हजार ४ सय ७६ मतदाता रहेको यस वडामा अहिले सम्म कसैले पनि परिचयपत्र लगेका छैनन्। बिहान ७ बजे देखि नै मतदान केन्द्रहरुमा परिचय पत्रबितरण गर्न बसे पनि कोही पनि लिन नआएको सिंहकाली मावि मतदान केन्द्रका मतदान अधिकृत नारायण तामाङले बताए। ‘हामी बिहान देखि नै परिचय पत्र बितरण गर्न बसिरहेका छौँ तर साँझ पर्न लाग्यो कसैले पनि परिचय पत्र लिन आएका छैनन्।’

स्थानीय तहको सिमांकनको क्रममा नगरपालिकासंगै रहेको तिङलालाई अपायक पर्ने गरि नेचा–सल्यान गाउँपालिकामा जबरजस्ती राखीएको भन्दै चैत्र पहिलो हप्ता देखि नै संघर्षमा रहेका उनीहरु निर्बाचनमै भाग नलिने अडानमा छन्। 

निर्वाचन बहिस्कार गर्ने योजना हुँदा हुँदै नेपाली काग्रेसको मनोनयन दर्तापछि अरु दुई ब्यक्तिले स्वतन्त्र उम्मेदवारी दिएका थिए। तर कांग्रेस उम्मेदवारको मनोनयन दर्तामा रित नपुगेपछि अन्य दुइ स्वतन्त्र उम्मेदवारले पनि मनोनयन पत्र फिर्ता लिए।

अहिले ६ नम्बर वडाका लागि कोही पनि उम्मेदवार छैनन्। आफुहरुलाई तिङला स्वायत्त गाउँपालिका दिनु पर्ने नभए सोलु–दुधकुण्ड नगरपालिकामा समावेश गर्नु पर्ने उनीहरुको माग छ।

स्थानीयले निर्वाचनमा भाग नलिने भने पनि निर्बाचन कार्यलयले सबै तयारी सहित उक्त वडामा रहेको सबै मतदान केन्द्रमा कर्मचारी खटाएको छ। १४ गते मतदानका दिन मतदान गर्न आउनेलाइ सुरक्षीत रुपमा मतदान गर्ने गरि सुरक्षा ब्यबस्था मिलाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

तिङला आन्दोलनको अगुवाइ गर्ने संघर्ष समितिका संयोजक बालकुमार कार्की, रामकुमार राई र ललित बहादुर कार्की असार ४ गते देखि नै प्रहरी हिरासतमा छन्।

प्रकाशित: ११ असार २०७४ १४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App