२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अख्तियारमा सबैभन्दा बढि उजुरी शिक्षा सम्बन्धी

खोटाङ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्वी नेपालका जिल्लाबाट सबैभन्दा बढि उजुरी शिक्षा सम्बन्धी परेको छ।

आर्थिक वर्ष २०७३–०७४ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा सबैभन्दा बढि उजुरी शिक्षा सम्बन्धी परेको हो। बिभिन्न २२ विषयगत कार्यालय विरुद्ध परेका ६९९ वटा उजुरीमध्ये शिक्षामा सबैभन्दा बढि २१८ वटा उजुरी परेको खोटाङमा आयोजित कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रमुख प्रदीप कोईरालाले बताए।

अख्तियारमा शिक्षापछि सबैभन्दा बढि उजुरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सम्बन्धी परेको छ। संघीय मामिला सम्बन्धी १८० वटा, भूमी सुधार सम्बन्धी ७८ वटा, भौतिक सम्बन्धी ४९, बन सम्बन्धी ४२, गृह सम्बन्धी ३५, स्वास्थ्य सम्बन्धी ३२, सिँचाई सम्बन्धी २६ वटा उजुरी परेको छ। यस्तै, सहकारी गरिबी निवारण सम्बन्धी ९,कृषि सम्बन्धी ७, पशुसेवा सम्बन्धी ५, अर्थ सम्बन्धी ४, उर्जा सम्बन्धी ३ वटा उजुरी परेको छ।

आर्थिक वर्ष २०७३–०७४ मा सुचना तथा सञ्चार सम्बन्धी भने कुनै पनि उजुरी नपरेको आयोगको कार्यालय इटहरीले जनाएको छ। जिम्मेवारी सरेर आएको ४०१ र नयाँ ६९९ गरी ११०० उजुरीमध्ये ७९६ उजुरी फस्र्यौट गरिएको र ३०४ वटा उजुरी फस्र्यौट हुन बाँकी रहेको जनाइएको छ।

आर्थिक वर्ष २०७३–०७४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्वका जिल्लामध्ये सबैभन्दा बढि उजुरी सुनसरीबाट परेको छ। सुनसरीबाट १८१, सिराहाबाट १३४, सप्तरीबाट ११० र माेरङबाट ९८, झापाबाट ७६, उदयपुरबाट ४२, ईलामबाट २१, पाँचथरबाट १७, खोटाङबाट १३, ताप्लेजुङबाट ९, ओखलढुंगाबाट ४ र सोलुखुम्बुबाट ३ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

प्रकाशित: १० चैत्र २०७४ ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App