१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

म्यानमारका राष्ट्रपतिद्वारा राजीनामा

याङ्गुन – म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिएका छन्। 

राष्ट्रपतिको कार्यालयका एकजना अधिकारीका अनुसार उनले अस्वस्थ भएपछि आरामका लागि भन्दै पदबाट राजीनामा दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। 

बुधबार उनले आफ्नो पदबाट राजीनामा दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। 

म्यानमारको राष्ट्रपति कार्यालयका एकजना निर्देशक उ चा तेले बढीमा सात दिनभित्रमा नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको जानकारी दिए। 

त्यतिन्जेलसम्मका लागि यहाँका वर्तमान उपराष्ट्रपति उ मिन्त स्वेले नै कार्यबाहक राष्ट्रपतिका रुपमा काम गर्नुहुने जनाइएको छ। 

म्यानमारका राष्ट्रपति ७२ वर्षीय काय सन् २०१६ मा निर्वाचित भएका थिए । उनले अस्वस्थताका कारण आराम गर्न आफ्नो पदबाट राजीनामा दिएकाे अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएकाे छ। 

प्रकाशित: ७ चैत्र २०७४ ०६:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App