१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

तेजकुमार बने खोटाङ आईडल

निर्णायक र आयोजनका साथमा प्रथम खोटाङ आईडलका बिजेता। तस्बिर : नागरिक

खोटाङ – गायनका सर्वाधिक पुरस्कार राशिको प्रतियोगीता प्रथम खोटाङ आईडलको उपाधि तेजकुमार राईले जितेका छन्।

शनिबार राती दिक्तेलस्थित सरस्वती माबिको प्रांगणमा भएको फाईनल अडिसनमा टप फाइभमा परेका ४ प्रतिष्पर्धीलाई पछि पार्दै १६ वर्षीय तेजकुमारले खोटाङ आईडलको उपाधि जितेका हुन्। प्रथम खोटाङ आईडलका बिजेता राईले नगद ५४ हजार ५७४ को साथमा मेडल, ट्रफी र प्रमाणपत्र हात परेका छन्।

केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर निबासी राईले ६ महिना संगीत विद्यालयमा अध्ययन गर्ने र एउटा गीत रेकर्डको अवसर समेत पाएको खोटाङ आईडलका आयोजक परिवर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीले जनाएको छ। माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलमा छात्रवृत्तिममा कक्षा ९ अध्ययनरत राईलाई दिक्तेलस्थित ईटिसी मोवाईल सेन्टरले पनि २१ हजार मुल्य बराबरको मोटोरोला मोवाईल प्रदान गरेको छ।

खोटाङ आईडलको प्रतिष्पर्धामा दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका रोहित चामलीङ दोस्रो र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लप्याङकी अमिता राई तेस्रो भएका छन्। खोटाङ आईडलको दोश्रो उपाधि बिजेता रोहितले नगद २४ हजार ५७४ का साथमा ३ महिना संगीत अध्ययन गर्ने र एउटा गीत रेकर्डको अवशर तथा तेस्रो स्थान प्राप्त अमिताले नगद १० हजार ५७४ का साथमा एक महिना संगीत अध्ययन गर्ने र एउटा गीत रेकर्डको अवसर पाएका छन्।

लुकेर रहेका प्रतिभाको पहिचान एवं संवर्धन गर्ने उद्धेश्यकासाथ नेपाल आइडलको चर्चा सेलाउन नपाउँदै मंसिर २३ गतेदेखि खोटाङ आईडल थालिएको थियो।

गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाको पहिचान, संवर्धन र प्रोत्साहन गर्ने उद्धेश्यकासाथ खोटाङमा सर्वाधिक राशिको खोटाङ आइडल सुरु गरिएको थियो।

‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजी हाम्रो अभियान’ भन्ने नारासहित मंसिर २३ गते साकेला गाउँपालिकाको रतन्छाबाट सुरु गरिएको खोटाङ आइडलको पहिलो अडिसन पुस १८ गते दिक्तेलमा आएर टुंगिएको थियो। जिल्लाका ८ गाउँपालिका र २ नगरपालिकाका ११ स्थानमा सञ्चालन गरिएको खोटाङ आईडलको पहिलो अडिसनबाट १६७ प्रतियोगी छानिएका थिए। राती अबेरसम्म सञ्चालन भएको फाईनल अडिसनमा नेपाल आईडलका उत्कृष्ट आठमा पर्न सफल गायक उल्सन श्रेष्ठ, गायत रेवत राई लगायतले दर्शक नचाएका थिए।

गायक तथा संगीतकार कन्काईष्ट राई, गायिका सरला राई, गायक आशिष ताम्राकार र संगीतकार भिमसेना राईले खोटाङ आईडलको टुंगो लगाएका हुन्।

 

प्रकाशित: ४ चैत्र २०७४ ०५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App