१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन्छ : ओली

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशील दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संशोधन गर्न सकिने स्पष्ट पारेका छन्।

प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत दिएका प्रतिनिधिसभा सांसद,राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिने क्रममा बुधबार प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

‘संविधान समयको माग अनुसार संसोधन हुन्छ’ प्रधानमन्त्री ओलीले भने ‘तर देशलाई नोक्सानी हुने गरी,अखण्डतामा असर पर्नेगरी संशोधन हुँदैन। देशलाई थप मजबुद तर एकताबद्ध पार्नका लागि संशोधन हुन्छ।’

प्रधानमन्त्री ओलीले सरकालाई आतंककारी क्रियाकलाप मान्य नहुने बताएका छन्। अप्राकृतिक र असामाजिक तत्वहरुले यस किसिमका क्रियाकलापबाट फाइदा लिन्छु भनेर नसोचे राम्रो हुने प्रधानमन्त्री ओलीको चेतावनी छ।

प्रधानमन्त्री ओलीले सरकार हिंसा र अपराध रोक्न कडाइका साथ लागिपर्ने बताएका छन्। ‘अब बलात्कारका घटना रोकिन्छन्। महिला हिंसाका विरुद्ध जागरण अभियान पनि चलाइन्छ’ प्रधानमन्त्री ओलीले भने ‘कडा कानुन बनाएर कार्यन्वयन पनि गरिन्छ।’
प्रधानमन्त्री ओलीले सांसदहरुलाई मर्यादामा बस्न निर्देशन दिएका छन्। जनताको मतले आफूहरु सांसद भएकोले हरेक गतिबिधि जनताको हितका लगाउन सांसदहरुलाई निर्देशन दिएका छन्। ‘जनताले जे कुरा मन पराउछन् त्यो गर्नुहोस जे कुरा मन पराउदैनन् त्यो गर्दै नगर्नुहोस’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले देश बनाउनका लागि सबैले सदुपयोगको सिद्धान्त अपनाउनु पर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले भने ‘देश भतांभुंग अवस्थामा रहे पनि शुन्य अवस्थाबाट सुधार सुरु गरेर छिटै नै देशलाई यसरी समृद्ध बनाउन सकिन्छ देखाउन आफूहरु प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

कार्यक्रममा नेकपा एमाले,नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम,राष्टिकय जनता पार्टीका प्रतिनिधिसभा,राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुको उपस्थिती थियो।

प्रकाशित: ३० फाल्गुन २०७४ ०७:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App