१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

छविको फिल्मलाई रेखाको प्रशंसा

काठमाडौं– अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म ‘रुद्रप्रिया’लाई बधाई दिन पुगेयता पूर्व पतिपत्नी रेखा थापा र छविराज ओझाको तीतो सम्बन्ध सामान्यीकरण भएको धेरैको अनुमान थियो । छविले निर्माण गरेको ‘मंगलम’ हेर्न आइतबार बिगमुभिजमा रेखा पनि उपस्थित भएपछि दुवैको सम्बन्ध हार्दिकता परिणत भएको धेरैको टिप्पणी छ । फिल्म हेर्न आएकी रेखाले पूर्वपति छविसँग फोटोमात्र खिचाइनन्, फिल्मको खुलेर पनि तारिफ गरिन्।  

‘पारिवारिक फिल्म बनाउने छविको पुरानो विशेषता हो त्यो मंगलमसम्म पनि निरन्तर छ । फिल्ममा पुष्प र शिल्पाको अभिनय उच्चकोटीको छ । निर्माताको रुपमा पनि छविले खर्च गर्न कुनै कन्जुस्याँई गरेका छैनन्,’ रेखाले भनिन्, ‘निर्देशक नवल नेपालको पनि काम गरेका छन्।’

पति पत्नीको सम्बन्धमा बनेको फिल्मले प्रेस शोमा तारिफ पाएको थियो । फिल्म हेर्न आएका पत्रकार तथा फिल्मकर्मीले फिल्मको कथा र प्रस्तुति रुचाएको प्रतिक्रिया दिएका थिए । निर्देशक विकास आचार्यले फिल्मको कथा नयाँ र प्रस्तुति ‘इगेजिङ’ रहेको बताए।

‘ नेपालमा त्यति नभनिएको कथा रहेछ । निर्देशक नवलले फिल्म कहिँ पनि खुकुलो  बनाएका छैनन् । पुष्प र शिल्पाको अभिनयले निर्देशकको भिजनलाई न्याय गरेको महसुस गरे,’ आचार्यले भने । उनले फिल्मको सांगीतिक पाटो र छायांकार विष्णु कल्पितको काम पनि उत्कृष्ट रहेको बताए। 

गत शुक्रबारबाट प्रदर्शन थालेको फिल्मले सिंगल थिएटरसँगै मल्टिप्लेक्समा पनि राम्रो व्यापार गरेको निर्माता साकार ओझाले बताए ।‘मल्टिप्लेक्समा तुलनात्मक रुपमा कम शो पाएका छौं तर जति पाएका छौं तिनमा दर्शकको चाप राम्रो छ । सिंगल थिएटरमा सदा झैं हाम्रो फिल्म दर्शकले रुचाउनु भएको छ ’ ओझाले भने। 

गोविन्द फुयाँलको कथा तथा लेखन रहेको फिल्ममा नीर शाह, मिथिला शर्मा, पुष्प खड्का, शिल्पा पोखरेल,पृथ्वीराज प्रसाइँ आदि कलाकारको अभिनय रहेको छ । फिल्ममा दीपक शर्माको संगीत रहेको छ भने फिल्मको सम्पादन मित्र गुरुङले गरेका हुन् । 

प्रकाशित: २८ फाल्गुन २०७४ ०४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App