१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माओवादीमा गृहको किचलो

काठमाडौं- नेकपा माओवादी केन्द्रले बुधबार नै आफ्नो तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम सिफारिस गर्ने तयारी गरेको थियो। तर अन्तिम समयमा माओवादीले मन्त्री सिफारिस गर्न बोलाएको बैठक स्थगित गर्यो।

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको बुधबार बिहानको छलफल निष्कर्षमा पुग्न सकेन। उनीहरु बढीमा १८ मन्त्रालय बनाउन सहमत भए पनि मन्त्रालय टुंगो लगाउन सकेका छैनन्। ओली र दाहालले मन्त्रालयबारे टुंगो लगाउन थप छलफलको आवश्यकता रहेको भन्दै आज बैठक बसिरहेका छन्।

मन्त्रिपरिषद विस्तार हुन नसक्नुमा पार्टीका आन्तरिक कारण भएको देखिएको छ। माओवादीले गृहसित ६ मन्त्रालय पाउने दुई पार्टीबीच करिब सहमति भए पनि माओवादीबाट गृहमा को जाने भन्नेमा विवाद दिखएको छ।

वरिष्ठ नेता रामबहादुर थापा राष्ट्रिय सभामा निर्वाचित भएपछि उनको चर्चा राष्ट्रिय सभाको अध्यक्षामा चर्चा थियो। तर पछिल्लो समयमा उनले मन्त्री बन्ने चाहना देखापछि समिकरण फेरिएको हो। अध्यक्ष दाहाल निकट थापाले सुरक्षाबाहेकका मन्त्रालयमा जाने इच्छा देखाए पनि पछि गृहमा जोड गरेको स्रोतको भनाई छ। वाम गठवन्धनको सरकार बनेसँगै वर्षमान पुनले गृहमा आकांक्षा देखाउँदै आएका छन्। पुनलाई अर्का नेता कृष्णबहादुर महराको समेत समर्थन रहँदै आएको छ। महरा लगायतको समर्थमा पुनले आफुलाई गृहमन्त्रालय दावी गरेको स्रोतको दावी छ।

गृहमा दावी नगरेका थापालाई भने उनी निकटहरुले गृह रोज्न दवाव दिएका थिए। वैद्य माओवादीबाट पुन: वादल एक समूह सहित मुल पार्टीमा फर्केका थिए। पूर्व वैद्य समूहको दवावमा थापा परेको माओवादी निकट स्रोतको दावी छ। थापा दाहाल पहिलो पटक प्रधानमन्त्री बन्दा रक्षामन्त्री थिए। प्रधानसेनापति रुकमाङगद कटवाल हटाउने सरकारको निर्णयताका थापाले नै रक्षामन्त्रीको कमाण्ड सम्हालिरहेका थिए।

माओवादीबाट केपी ओली मन्त्रिमण्डलमा मातृका यादव, पम्फा भुसाल, जनार्दन शर्मा, लेखराज भट्ट, देवन्द्र पौडेल लगायतले आफुलाई मन्त्रीका दावेदारका रुपमा प्रस्तुत गरेका छन्।

एमालेमा पनि उस्तै

मन्त्रिपरिषदमा जानेबारे एमालेमा पनि उस्तै विवाद छ। मन्त्रालय थोरै तर मन्त्रिका आकांक्षी धेरै हुँदा कसरी व्यवस्थापन गर्ने भन्नेबारे एमालेमा छलफल चले पनि टुंगिन सकेको छैन। केपी शर्मा ओली, झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतम पक्षका नेताहरुले आफ्नो दावी प्रस्तुत गर्दा ओली कसलाई कहाँ ‘सेट’ गर्ने भन्नेमा अन्यौलमा परेको एक नेताले बताए।

 

 

 

 

प्रकाशित: १० फाल्गुन २०७४ ०७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App