१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

गौरव र अनिश सेमिफाइनलमा

काठमाडौं– आठौं बबिन स्मृति पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा नेपाल प्रहरीका गौरव दाहाल र अनिश श्रेष्ठ सेमिफाइनलमा प्रवेश गरेका छन्। २१–१९, १८–२१ र २१–१५ को सेटमा देवीनगर क्लबका अनिल थाम्सुहाङ र महेश थापाको जोडीलाई पराजित गर्दै नेपाल प्रहरीका गौरव दाहाल र अनिश श्रेष्ठको जोडी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।

बुधबारै सम्पन्न अर्को खेलमा यङ स्टार क्लबका सुमन शाक्य र सुनिल शाक्यको जोडीले देउराली क्लबका धनेन्द्र लिम्बु र रोविन राईको जोडीलाई २१–१० र २१–११ को सोझो सेटमा हराउँदै अन्तिम चारको यात्रा तय गर्यो।

प्रकाशित: १० फाल्गुन २०७४ ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App