२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कृष्णनगरमा नेपाल बैंक लिमिटेड

काठमाडौं– नेपाल बैंक लिमिटेडले कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको राजस्व संकलन सेवा उपलब्ध हुने बैंकको १०आै काउन्टर प्रतिनिधिसभा सदस्य अभिषेकप्रसाद साहले उद्घाटन गरेको बैंकले जनाएको छ।

 सो अवसरमा प्रमुख अतिथि साहले भन्सार परिसरमा बैंकको काउन्टर स्थापनाबाट स्थानीय व्यापारी र भन्सार कार्यालय दुवैलाई सहज सेवा उपलब्ध भई दुवै पक्ष लाभान्वित हुने बताउँदै आगामी दिनमा यस क्षेत्रमा व्यापार अभिवृद्धि निम्ति अन्तर्राष्ट्रिय ड्राई पोर्टको शीघ्र निर्माणमा आफूले जोडदार पहल गर्ने बताए।

बैंकको कृष्णनगर शाखाका प्रबन्धक सुरेन्द्रप्रसाद यादवको सभापतित्वमा सम्पन्न उक्त समारोहमा उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष गुरुचरण सिंह, इलाका प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर सुवास गैरे, खस्यौली शाखाका प्रबन्धक हरिप्रसाद ज्ञवाली, कृष्णनगर शाखाका सहायक प्रबन्धकद्वय कुलराज घिमिरे र झविन्द्र अधिकारी लगायतले शुभकामना तथा बैकको सेवाबारे मन्तव्य दिएका थिए ।

प्रकाशित: १० फाल्गुन २०७४ ०१:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App