१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सेञ्चुरी बैंकको पाँचवटा नयाँ शाखा

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले देशको ग्रामीण भेगका जनतामाझ बैंकिङ पहुँच पुर्याउने सरकार तथा नेपाल राष्ट्र बैंकको लक्ष्य बमोजिम खोटाङ जिल्लाको लामिडाँडा गाउँपालिका, अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका, रुकुम जिल्लाको आठबिसकोट नगरपालिका, मोरङ जिल्लाको ग्रामथान गाउँपालिका र सर्लाही जिल्लाको गोडैटा नगरपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

ती शाखा कार्यालयहरु बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले केन्द्रीय कार्यलयबाट सुरु गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।  २०६७ फागुन २६ गते काठमाडौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट बैंकिङ कारोबार सुरु गरेको यस बैंकले हालसम्ममा ९४ वटा शाखाबाट सेवा दिइरहेको छ।

प्रकाशित: १० फाल्गुन २०७४ ००:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App