१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तरुण दलले राष्ट्रपति भण्डारीलाई संविधान उपहार दिने

काठमाडाैं – राष्ट्रपति विद्यादेवि भण्डारीले असंवैधानिक कदम चालेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति भण्डारीलाई बुधबार (आज) दिउँसो ३ बजे शीतल निवास पुगेर नेपालको संविधान २०७२ उपहार दिने भएको छ।

राष्ट्रिय सभा सदस्य सिफारिसमा राष्ट्रपतिले चालेको कदम अनुचित रहेको  ठहर गर्दै ब्यङ्गयात्मक रुपमा राष्ट्रपतिलाई संविधान उपहार दिन लागिएको तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले बताए। शाहीले भने,‘नेपालको संविधानको संरक्षक मानिने राष्ट्रपति भण्डारीले संविधानको मर्म विपरित कदम चालेकोले हामीले राष्ट्रपतिलाई संविधान उपहार दिन लागेका हौं। उहालाई यो संविधान राम्ररी अध्ययन गर्न अनुरोध गर्दैछौं’

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा ३ जनालाई सिफारिस गरेपनि अहिलेका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले त्यसलाई हटाउदै मंगलबार फेरी ३ जनालाई नियुक्त गरेको सिफारिसलाई राष्ट्रपति भण्डारीले तत्काल कार्यान्वयनका लागि गरेको निर्णयविरुद्ध आन्दोलित हुँदै संविधान उपहार दिन लागेको हो।

 

प्रकाशित: ९ फाल्गुन २०७४ ०८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App