१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

चेल्सी र बार्सिलोनाको बराबरी, बायर्न म्युनिखको फराकिलो जित

इङ्ल्याण्ड – च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना र इङलिस क्लब चेल्सी १–१ गोलको बराबरीमा रोकिएका छन्। मंगलबार राति चेल्सीको घरेलु मैदाननमा सम्पन्न प्रि क्वाटरफाईनलको पहिलो लेगमा  दुवै टोलीले बराबरी खेल्दै अंक बाडेका हुन्।

निकै रोमाञ्चक साथै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा दुवै टोलीले एक/एक गोल गरेका थिए। खेलको ६२ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।

तर ७५ औं मिनेटमा बार्सिलोनाका लियोनल मेस्सीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि निर्धारित समयको खेलमा गोल हुन नसकेपछि दुवै टिमले बराबरीमा चित्त बुझाए। खेलमा ७५ प्रतिशत बल आफ्नो पक्षमा पारेको बार्सिलोनाले त्यसको फाइदा भने लिन सकेन। बार्सिलोना र चेल्सीको दोस्रो लेग मार्च १४ मा बार्सिलोनाको घरेलु मैदान हुनेछ।

त्यस्तै रातिनै भएको अर्को बहुप्रतिक्षित खेलमा जर्मन क्लब बायर्न म्युनिखले टर्कीको बेसिक्तासलाई ५–० को पराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइल पुग्ने सम्भावना बलियो बनाएको छ।

घरेलु मैदानमा भएको खेलमा बायर्न म्युनिखका लागि थोमस मुलर र रोबर्ट लेवान्डोस्की २–२ तथा कोमनले एक गोल गरे।
खेलको ४३ र ६६ औ मिनेटमा मुलर, ७९ र ८८ औं मिनेटमा लेवान्डोस्कीले र ५२ औं मिनेटमा कोमनले गोल गरेका थिए।

डोमागोज भिडा खेलको १६ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि बेसिक्तास १० खेलाडीमा समेटिएको थियो। यी दुई टोलीबीचको दोस्रो लेग मार्च १४ मा बेसिक्तासको घरेलु मैदानमा हुनेछ।

 

प्रकाशित: ९ फाल्गुन २०७४ ०५:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App