१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विप्लव बन्दको प्रभाव आंशिक


उदयपुर – सोमबार राति भएको एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’ भन्दा आफु पहिलो नेपाल कम्युनिष्ट पार्टी दाबी गर्ने नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपाको नेपाल बन्दले उदयपुरको जनजीवन प्रभावित भएको छ।

बन्दका कारण मंगलबार विहानदेखि उदयपुर सदरमुकाम गाईघाट र आसपासका बजारहरुमा सवारी आवतजावत ठप्प छ । कार्यकर्ता कोही बजारमा नदेखिए पनि स्वतः बन्द भएको बजार अर्ध खुल्ला अवस्थामा छन् भने निजी तथा सामुदायिक विद्यालयहरु पूरै ठप्प छन् । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु भने खुल्लै छन् । बन्दका कारण उदयपुरको कटारीमा आयोजित स्थानीय त्रिवेणी माविको स्वर्ण महोत्सवमा आउने सहभागीहरु पनि प्रभावित भएका छन्।

 राष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा आयोजित महोत्सव समापन समारोहमा आउन चाहेका टाढाटाढाका सहभागी बन्दका कारण आउन नसकेको आयोजक मूल समितिले जनाएको छ । राष्ट्रपति भण्डारी भने ११ बजेर ५ मिनट जाँदा हेलिकोप्टरमार्फत कटारी पुगेकी छिन् ।

 विद्यालयले ५० वर्ष पुगेको अवसरमा निर्माण गरेको ‘स्वर्ण स्मारक’ को अनावरण र ‘स्वर्ण जयन्त्री स्मारिका’ को विमोचन गर्दै भण्डारी राजधानी फर्कने कार्यक्रम रहेको छ । जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार भण्डारी फर्किनुअघि सदरमुकाम गाईघाटस्थित नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डाको निरीक्षणसमेत गर्ने कार्यक्रम रहेको छ ।   

प्रकाशित: ८ फाल्गुन २०७४ ०६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App