१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जेष्ठ नागरिक सम्मानित

काठमाडौं- ६८ औं प्रजातन्त्र दिवस एवम् नाइटिङ्गेल स्कुल कुपण्डोलको रजत जयन्तीका अवसरसमा सोमबार स्कुलले जेष्ठ नागरिकलाई सम्मान गरेको छ। विद्यालयको सामाजिक सेवा कार्यक्रमअन्तर्गत जेष्ठ नागरिकलाई सम्मान गरिएको प्रिन्सिपल रञ्जना प्रधानले जानकारी दिइन्। कार्यक्रममा पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका पुराना नेता योगप्रसाद उपाध्याय, प्राध्यापक सर्वज्ञभक्त मल्ल,  ९६ वर्षीया साहिँली खत्री, ९६ वर्षीय विष्णुप्रसाद न्यौपानेलगायत ललितपुर महानगरपालिका वडा नं १, २ र १० का गरी सयजनाभन्दा बढी जेष्ठ नागरिकलाई पूर्वराज्यमन्त्री एवम् विद्यालयका संस्थापक तेजुलाल चौधरीले दोसल्ला र मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए । सांसद चौधरीले वृद्धवृद्धालाई सम्मान गर्नु सामाजिक दायित्व रहेकाले टोलका बाआमाहरुलाई सम्मान गरिएको बताए।

सम्मानित जेष्ठ नागरिकहरुले यसरी सार्वजनिक कार्यक्रममा भेला हुन पाउँदा निकै  खुसी लागेको बताए । प्राध्यापक मल्लले अचेल सहरी जीवनशैलीका कारण धेरै वृद्धवृद्धा अपमानित हुँदै गएको अवस्थामा यस्ता सम्मानले धेरै राहत मिल्ने बताए । विद्यालयको प्रगतिमा स्थानीय बूढापाकाको पनि विशेष योगदान रहेका कारण उनीहरुलाई सम्मान गरिएको प्रिन्सिपल प्रधानले बताइन् । विद्यालयको रजत जयन्तीकै अवसरमा विभिन्न बालबालिकाले विज्ञान प्रदर्शनी आयोजना गरेका थिए । प्रदर्शनीमा विद्यार्थी आफैंले बनाएका रोबोट, पंखा, ड्रन आदि विज्ञानप्रविधिसँग सम्बिन्धत सामग्री राखिएका थिए।

प्रकाशित: ७ फाल्गुन २०७४ १२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App