१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश सभा सांसद शाहीद्वारा राजिनामा

मुगु- प्रदेश नम्बर ६ को मन्त्रिमण्डल गठन प्रक्रियामा आफु माथी अन्याय हुने गरि पैसाको चलखेल भएको भन्दै मुगु जिल्ला निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेश सभामा सदस्य बनेका चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्।

 नेकपा एमालेको केन्द्रीय सल्लाहकार समितिमा रहेका शाहीले प्रदेश नम्बर ६ मा मन्त्री मण्डल गठन गर्दा एनजियोकर्मी , पार्टीमा कुनै योगदान नदिएका तथा सिकारुहरुलाई पैसाको चलखेलमा परेर मन्त्री बनाएको र यसले पार्टीप्रति बफादार रहेर लामो समयसम्म योगदान दिने नेता कार्यकर्ताको मानमर्दन भएको भन्दै राजीनामा दिएको शाहीले जानकारी दिए। आईतवार ६ नम्बर प्रदेशको मन्त्रिमण्डल गठन पछि सोमवार विहान काठमाडौं पुगेका सांसद शाहीले पार्टीको साधारण सदस्यमा समेत नरहने गरि हुलाक मार्फत सांसद पदबाट राजीनामा सभामुखलाई पठाएका हुन्।

 नेकपा एमाले प्रदेश नम्बर ६ का प्रदेश सभा संसदीय दलका नेता यमलाल कडेंलले पैसाको चलखेलमा परेर नव प्रवेशी, ठेकेदार तथा एनजियोकर्मीलाई मन्त्री बनाएको भन्दै शाहीले आपत्ती जनाउँदै राजीनामा दिएको बताए। २०४२ सालमा जेल परेका शाही त्यति बेलादेखि पुर्णकालिन राजनीतीमा आएका थिए। जिल्लामा पार्टीको स्थापनादेखि राजनीतिमा लागेका शाही लगातार १५ वर्षसम्म जिल्लामा नेकपा एमालेको प्रमुख बनेका थिए। २०५६ सालमा प्रतिनिधि सभा सदस्य बनेका शाही कर्णाली अञ्चल समन्वय समितिको सदस्य हुँदै केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकार समिति सदस्य समेत बनेका थिए।

प्रकाशित: ७ फाल्गुन २०७४ ०८:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App