१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सफल इतिहास बनाउन ओलीलाई चन्दको सुझाव

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई इमान्दारी र सच्चा व्यवहार प्रस्तुत गरी सफल प्रधानमन्त्रीका रुपमा इतिहास कायम गर्न सुझाव दिइएको छ। 

लेखन कुञ्जमा शनिबार आयोजित कार्यक्रममा साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले जनताको प्रतिनिधि भएको हुँदा हरेक क्रियाकलाप र काममा जनताको सरोकार रहने भएकाले निकै सतर्क र चनाखो भएर काम गरी सफल इतिहास बनाउन प्रधानमन्त्री ओलीलाई सल्लाह दिए। 

आफ्नो चारपटकको प्रधानमन्त्रीत्व कालमा राष्ट्र र जनताको पक्षमा धेरै काम गरेको स्मरण गराउँदै अनजानमा बाहेक जनताको हितविपरीत काम नगरेको उनले दाबी गरे।

प्रकाशित: ५ फाल्गुन २०७४ १५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App