१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

हेटौंडा गोल्डकप अाजबाट, मनाङ र एपीएफ भिड्दै

हेटौंडा – मकवानपुरको हेटौंडामा शनिबार (आज) बाट तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लब र एपीएफबीच दिउँसो २ः४५ बजे हेटौंडाको फरेष्ट्री चौरमा प्रतिस्पर्धा हुनेछ।

सुमन भोम्जन प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता फागुन ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ।  

८ क्लबको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेता नगद ३ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट विधाका पाँच खेलाडीले नगद १५ हजारको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको हो । प्रतियोगितामा हरेक खेलको म्यान अफ दी म्याचले नगद पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको लागि ६० लाख रुपैयाँ लागत अनुमान गरिएको र सुमन भोम्जन प्रतिष्ठानले जनाएको छ । खेल पत्रकार सुमन भोम्जनको २०७२ सालको  भूकम्पमा परि निधन भएका थियो।  
 

प्रकाशित: ५ फाल्गुन २०७४ ०६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App