२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

घोराहीमा आइएमई जनरल इन्स्योरेन्स

काठमाडौं– दाङको घोराहीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले शाखा खोलेको छ । बुधबारबाट उक्त शाखा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

उक्त शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, केन्द्रीय सदस्यहरु भरतराज आचार्य र धु्रवराज श्रेष्ठले गरेको इन्स्योरेन्सले जनाएको छ । उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा विस्तार गर्ने बताएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।कम्पनीले नयाँ सहित २७ वटा शाखा, चारवटा उपशाखा तथा १० वटा सेवा काउन्टर र प्रधान कार्यालय सहित ४१ स्थानबाट सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ४ फाल्गुन २०७४ ०१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App