१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बुटबलमा महिन्द्राको मोजो ३००

काठमाडौं– महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टु ह्विलर्सको आधिकारिक वितरक अग्निमोटो इन्कले बुटवलमा मोजो बाइकको बिक्री सुरु गरेको छ । अग्निको अधिकृत बिक्रेता पाल्पा भैरव अटो सेन्टरले बुटवलमा बिक्री सुरु गरेको कम्पनीले जनाएको छ ।

साहसी, मजेदार प्रिडेटर स्टाइलिङ सहित मस्कलिन डिएनए भएको महिन्द्रा मोजोमा लिक्विड तीन सय सिसी इन्जिन रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार उक्त मोजोमा इएफआई सिलिन्डर इन्जिनले २७ बिपिएचको उच्चतम क्षमता छ । यसले ३० एनएमको टर्क क्षमता प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।

मोजोमा उच्च टरसिनल रिजिडिटी भएको ट्विन ट्युब पे्रम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो सक्स र सेपरेटर फ्लोटिङ पिस्टन रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ४ फाल्गुन २०७४ ०१:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App