मौसम संक्रमणकालिन अवस्थामा

शिवरात्रीमै पानी पर्छ किन?

आइतबार, २८ माघ २०७४, १९ : २६ सुबोध गौतम


काठमाडौ– आइतबार दिनभरको घाम देखेर तपाईहरु सोमबार पनि यस्तै हुन्छ होला भनेर कल्पना गरिरहनु भएको छ भने त्यो गलत हुनसक्छ । किनकी शिवरात्री नजिकिदै छ । सोमबार र मंगलबार आकास सफा हुने संभावना पटक्कै देखिदैन । त्यति मात्र होइन तराई र पहाडका केही स्थानमा असिना पानी पर्न सक्छ । अधिकांश हिमाली क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपातको संभावना छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमवीद बरुण पौडेल भन्छन, ‘पश्चिमी वायुको प्रभावले सुदुर पश्चिमलाई आइतबार रातीनै छुन्छ । सोमवार त देशभर बद्ली र तराई र पहाडका केही स्थानमा हल्का पानी पर्ने संभावना छ । मौसममा धेरै छिटो सुधार भयो भने मंगलबार साँझबाट हुनसक्ला ।’ 

त्यसै पनि फागुन १ गते मंगलबार शिवरात्री छ । त्यसो त विगतका अधिकांश ‘शिवरात्री’मा पानी परेको उदाहरण छ । यसपटक पनि यो क्रम नदोहोरिएला भन्न सकिन्न । पानीनै परेन भनेपनि मौसम भने सफा पक्कै हुदैन । 
मौसम पूर्वानुमान महाशाखाका मौसमवीद बरुण पौडेल भन्छन, ‘पश्चिमी वायुको प्रभावले सुदुर पश्चिमलाई आइतबार रातीनै छुन्छ । सोमवार त देशभर बद्ली र तराई र पहाडका केही स्थानमा हल्का पानी पर्ने संभावना छ । मौसममा धेरै छिटो सुधार भयो भने मंगलबार साँझबाट हुनसक्ला ।’ 

पौडेल माघ सकिएर फागुन सुरु हुने दिनहरुलाई मौसमको संक्रमणकालिन अवस्थाको रुपमा व्याख्या गर्छन्। ‘जाडो सकिएर गर्मी लाग्ने दिन भएकाले पनि होला यस समयमा मौसम अलि खराब हुन्छ र वर्षा हुन्छ’, उनी भन्छन्, ‘त्यही समयमा शिवरात्री पर्ने भएकाले पनि होला सँधै पानी पर्ने गरेको छ।’ पौडेलका अनुसार पानी परिहाल्यो भने पनि यसलाई ढिलो गरी आएको पश्चिमी वायु प्रभावका रुपमा व्याख्या गर्न सकिन्छ।

उनले पश्चिमी वायु आइतवार राती नै सुदूरपश्चिम क्षेत्रमा प्रवेश गर्ने जानकारी दिए। ‘ती क्षेत्रमा रातीदेखिनै प्रभाव पर्ने संभावना छ’, पौडेलले भने । उनको भनाईमा दुई दिन घाम लागेन भने सर्वसाधारणले अलि चिसो महशुस गर्ने स्वभाविक हो । दुई दिनपछि चिसा दिनहरु क्रमिक रुपमा हराउदै जान्छन र ताता दिनहरु सुरु हुन्छन्।

महाशाखाले आइतबार साँझ विज्ञप्ति जारी गर्दै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आइतबार रातीदेखि मंगलबारसम्म पश्चिम, मध्य र पूर्वका उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम खालको हिमपात र हल्का बर्षा हुने जनाएको छ । साथै सोमबार एक दुई स्थानमा मेघ गर्जनका साथ असिना पर्ने पनि जनाएको छ। 

महाशाखाका अर्का मौसमवीद राजु प्रधानाङ्गका अनुसार यो चौथौ पटक भित्रिएको पश्चिमी वायुको प्रभाव हो । चारमध्ये पहिलोको प्रभाव खासै भएन । यो पश्चिम नेपालबाटै हरायो । बाँकी दूई वटाले देशभर प्रभाव पारेका थिए । पछिल्लो पटक आइतबार पश्चिमबाट भित्रिन लागेका पश्चिमी वायुले भने अहिलेसम्मकै ठूलो प्रभाव पार्ने संभावना छ । ‘यसले दुई दिनसम्मनै देशभर प्रभाव पार्छ’, उनी भन्छन्।

वरिष्ठ मौसमवीद मणिरत्न शाक्यका अनुसार त्यसै पनि यो बर्ष  हिउँदे बर्षा कम भएको छ । औसतमा हरेक बर्ष ३÷४ पटक बर्षा हुनुपर्नेमा यस बर्ष एक पटक मात्र बर्षा भएको छ । पश्चिमबाट जलवाष्पयुक्त सक्रिय वायु भित्रिन नसक्दा हिउँदे बर्षा कम भएको र यही कारणले जाडो कम भएको बताउँछन् । उनका अनुसार अघिल्लो बर्ष पुस १० गते पश्चिम भेगमा वर्षा भई ढिलै भए पनि हिउँदे वर्षा भएको थियो। तर यस वर्ष पुसको अन्त्य पछि पनि वर्षा भएन। सामान्यतया हिउँदयाममा मंसिर महिनाको शुरुवातसँगै मेघ गर्जन सहित वर्षा भई हिउँदको आगमनको संकेत दिने गथ्र्यो । तर अहिले यस्तो मौसमी प्रक्रिया प्रायः शुन्य भएको छ ।

हिउँदयामको शुरुवातसँगै नेपाल लगायत दक्षिण एसियामा युरोप महादेशंको चिसो भूभागबाट पूर्वतिर हावा चल्छ । यो हावा एशिया महादेशको उत्तरी भेग स्थित हिमालको बाटो हुँदै पाकिस्तानको उत्तरी भेग र उत्तर पश्चिम भारतबाट नेपाल भित्रिने हुदा झन् चिस्सिने गर्छ र यो हावा जहाँ जहाँ बहन्छ त्यहाँ अत्यधिक चिसो मौसमी गतिविधि भित्रिन्छ । 

शाक्यका अनुसार सामान्यतया हिउँदयाममा सक्रिय पश्चिम वायुको प्रभावबाट मौसममा फेरबदल भई बर्षा हुने गर्छ । हिउँदयामको शुरुवातसँगै नेपाल लगायत दक्षिण एसियामा युरोप महादेशंको चिसो भूभागबाट पूर्वतिर हावा चल्छ । यो हावा एशिया महादेशको उत्तरी भेग स्थित हिमालको बाटो हँुदै पाकिस्तानको उत्तरी भेग र उत्तर पश्चिम भारतबाट नेपाल भित्रिने हुदा झन् चिस्सिने गर्छ र यो हावा जहाँ जहाँ बहन्छ त्यहाँ अत्यधिक चिसो मौसमी गतिविधि भित्रिन्छ । सामान्यतया हिउँदमा काठमाण्डौको न्यूनतम तापमान शुन्य भन्दा तल झरी अत्यधिक चिसो हुने गथ्र्यो । तर चालु हिउँदमा शुन्य भन्दा तल झर्न सकेन । र यो क्रम विगत केही वर्ष देखि निरन्तर  छ । 

मौसमी तथ्यांक अनुसार काठमाण्डौको हाल सम्मकै सबभन्दा कम न्यूनतम तापमान माइनस ३.५  सन् १९७८ जनवरी ११ मा मापन गरिएको छ । त्यस्तै  पश्चिम तराईको नेपालगंज जहाँ गर्मीमा अति गर्मी र हिउँदमा कठ्याँग्रिने जाडो भई न्यूनतम तापमान शून्य भन्दा तल झर्ने गथ्र्यो त्यहाँ पनि चालु हिउँदमा न्यूनतम तापमान शुन्यभन्दा माथि नै रह्यो । त्यस्तै देशको अन्य स्थानमा पनि चिसोमा कमी आएको महशुस भएको छ । यस्ले नेपालमा वायुमण्डलीय तापमान वृद्धिलाई पुष्टि गर्दै मौसम परिबर्तको संकेतलाई प्रमाणित गरेको छ।

यसरी बहने पश्चिमी वायुको गतिमा अवरोध भई वायुमण्डलीय चापमानमा ¥हास आएको खण्डमा मौसम बदली भई वर्षा हुने गर्छ । यस्तो मौसमी प्रक्रियालाई ‘पश्चिमी वायुको प्रभाव’ भनिन्छ । हिउँदयाममा यस्तो प्रक्रियाबाट नेपाल लगायत दक्षिण एसियाको विभिन्न स्थानमा कम्तिमा पनि ३÷४ पटक वर्षा हुने गर्छ । 

शाक्यले बैज्ञानिक अध्ययनलाई उद्धृत गर्दै भनेका छन, ‘हिउँदे वर्षामा कमी आउनुको प्रमुख कारण विश्वव्यापी रुपमा देखा परेको ‘ईलनिनो’ नै हो ।’ विश्वकै मौसम सम्बन्धी जानकारी राख्ने संयुक्त राज्य अमेरिका स्थित नेशनल ओसनिक एट्मोशफेरिक एडमिनिस्ट्रेशन नामक संस्थाका अनुसार सामान्यतया ईलनिनोको प्रभाव देखा पर्ने बेला दक्षिण एशियामा गर्मीयाममा मनसुनी गतिविधि प्रभावित भई वर्षा न्यून हुने र वायुमण्डलीय तापमान वृद्धि हुने गर्छ । 

शाक्यका अनुसार ‘ईलनिनो’ले भू–मध्य रेखा स्थित प्रशान्त महासागरको पूर्र्वी क्षेत्रको पानी औसत भन्दा बढी तात्ने प्रक्रियालाई जनाउँछ । यसरी पानी तात्ने बेला विश्वव्यापी रुपमा वायुमण्डलीय चापमान फेरबदल हुन्छ । यस्तो हु“दा कतै अस्वाभाविक रुपमा हुरी बतास चल्ने र बढी पानी पर्ने हुन्छ भने कतै वर्षामा ह्रास आई सुख्खापन महशुस हुने गर्छ । 
तर यसको ठिक उल्टो प्रक्रियालाई ‘लानिना’ भनिन्छ अर्थात लानिनाको बेला प्रशान्त महासागरको पूर्र्वी क्षेत्रको पानी औसत भन्दा चिसो हुने गर्छ । ईलनिनोको प्रभाव देखा पर्ने बेला गर्मीयाममा भू मध्य रेखा स्थित प्रशान्त महासागरको पूर्र्र्वी क्षेत्रमा बढ्दो अाँधीबेरीको कारण वर्षामा बृद्धि हुन्छ भने पश्चिमतिर वर्षामा कमी आउने र न्यानो मौसमी गतिविधि देखा पर्ने गर्छ । अर्थात् यस्तो वेला प्रशान्त महासागरको पूर्वी क्षेत्र स्थित दक्षिण अमेरिकाको पेरु, इक्वयडरलगायत आसपासकोे क्षेत्रमा वर्षामा बृद्धि हुन्छ भने पश्चिम स्थित दक्षिण पूर्वी एशियाको विभिन्न स्थान जस्तै इण्डोनेशिया र वरिपरिको स्थानमा कम मात्रामा वर्षा हुन्छ । त्यही ईलनिनोको सक्रियताले हिउँदमा पनि दक्षिण पूर्वी एसियामा वर्षा अत्यन्त न्यून हुने गरेको वैज्ञानिकहरुको ठहर छ । 

त्यही ‘ईलनिनो’को प्रभावबाट हिउँदे बर्षा प्रभावित हुने गरेको बैज्ञानिकहरुको ठहर रहेको छ । नेपाल लगायत दक्षिण एशियामा सन् २०१४ को जाडोयाम संगै बिश्व ब्यापी रुपमा ‘ईलनिनो’को प्रभाव देखा परेको थियो जसको प्रभाव निरन्तर रुपमा बढ्दै सन् २०१७ को मनसुन कालसम्म पनि देखा परिरह्यो । यसैको प्रभाव स्वरुप नेपाल लगायत दक्षिण एसियाको विभिन्न स्थानमा ती वर्ष मनसुनी वर्षा कमी हुनुको साथै न्यानो मौसमी गतिविधि महशुस भएको थियो । त्यही ईलनिनोको प्रभावले विगतका हिउँदको साथै चालु हिउँदयाम पनि प्रभावित भएको छ । 

 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

भलिबलले जोडेको मन

भलिबलले जोडेको मन

सामान्यतया खेलाडीलाई होम ग्राउन्डको फाइदा रहन्छ ।  समर्थनमा सुनिने हुटिङले खेलाडीको उत्साह बढाउँछ । भक्तपुरमा फागुन ३ देखि ८ गतेसम्म...

‘कान्छी’को ‘रेस्पोन्स’ बुझ्न स्वेता देश दौडाहमा (फोटो फिचर)

‘कान्छी’को ‘रेस्पोन्स’ बुझ्न स्वेता देश दौडाहमा (फोटो फिचर)

नायिका श्वेता खड्का आफूले अभिनय तथा निर्माण गरेको फिल्म ‘कान्छी’को प्रतिक्रिया लिन व्यस्त छिन्। काठमाडौंका सबै हलहरुबाट राम्रो प्रतिक्रिया पाएपछि...

अब्बल अभिनेत्री दीपिका, निर्देशकले दिए पुरस्कार

अब्बल अभिनेत्री दीपिका, निर्देशकले दिए पुरस्कार

दीपिका पादुकोणले पाँच सय रुपैयाँ पुरस्कार पाएकी छन्। उनीद्वारा अभिनित चलचित्र ‘पद्मावत’ ले राम्रो सफलता पाएको छ। उक्त सफलताबाट खुशी...

१०७ भत्किए, तीन मात्रै बने

काठमाडौं महानगरपालिका क्षेत्रमा भूकम्पले भत्किएका १०७ सम्पदामध्ये तीन मात्रै पुनर्निर्माण सम्पन्न भएका छन् । भूकम्प गएको तीन वर्ष बित्न लाग्दा...