१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आयोजकको विजयी शुरुवात

आयोजक र विजय युथका खेलाडी बलका लागि प्रतिस्पर्धा गर्दै । तस्बिर उपेन्द्र : नागरिक

 बारा– हेटौंडाको विजय युथ क्लबलाई ४–१ गोल अन्तरले पाखा लगाउँदै एनजेजेवाइसीले अन्तिम ८ मा आफूलाई सुरक्षित बनायो ।

आयोजकको जितमा विशन गुरुङ्ग, त्रिदेव गुरुङ्ग, धिरज श्रेष्ठ र अफ्रिकी खेलाडी भिक्टर आमोहिले समान एकएक गोल गरे । हटौंडाका लागि एकमात्र सान्त्वना गोल अमिर श्रेष्ठले गरेका थिए ।पहिलो हाफको अन्तिम मिनटमा विशन गुरुङ्गले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

८० मिनटमा छोट्याईएको खेलको दोश्रो हाफको शूरुवातमै हेटौंडाका लागि ४४ औं मिनटमा अमिर श्रेष्ठले बराबरी गोल गरे । सिमराका शौरभ मगरले गोल रक्षक विशाल श्रेष्ठलाई दिएको पास अमिरले गोलमा परिणत गरे । शौरभको फितलो प्रहारको फाईदा उठाउँदै अमिरले बराबरी गोल गरे ।आयोजकको घरेलु मैदानमा बराबरी पछि उत्साहित हेटौंडाका समर्थकहरुलाई निराश बनाउँदै धिरज श्रेष्ठले टिमका लागि दोश्रो गोल गरे । ५२ औं मिनटमा श्रेष्ठले गरेको गोल पछि हेटौंडा दवावमा देखियो ।

थुप्रै अवसर गुमाएको हेटौंडालाई निराश बनाउँदै खेलको समाप्तीतिर सिमराले लगातार दुई गोल थप्यो । खेलको ८० औं मिनटमा अफ्रिकी खेलाडी भिक्टरले सिमरालाई ३–१ को फराकीलो अग्रता दिलाए । अन्तिम समयमा अग्रता बढेपछि थप दवावमा परेको हेटौंडामाथी आक्रामक रुपमा प्रस्तुत भएको सिमराले अतिरिक्त समयमा अर्को गोल गर्यो । सिमराका त्रिदेव गुरुङ्गले अतिरिक्त समयको पहिलो मिनटमा चौथो गोल गर्दै टिमलाई ४–१ को फराकिलो अग्रता दिलाउन सफल भए ।

खेलको म्यान अफ दि म्याच सिमराका त्रिदेव गुरुङ्ग बने । गूरुङ्गले पाँचहजार नगद सहित ट्रफि हात पारे । भोलीको खेल आयोजक नवजनजागृती यूवा क्लबको एनजेजेवाईसि ‘निलो’ र नेपाल एपिएफ क्लबको विचमा हुनेछ ।मनाङमस्र्याङदी क्लबले अन्तिम समयमा आएर खेलमा सहभागि नहुने निर्णय गरेपछि आयोजकका दुईवटा टिम प्रतियोगितामा सहभागि भएका हुन् ।

 

 

प्रकाशित: २६ माघ २०७४ ०१:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App