१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश नम्बर ५ को मतदान सुरु

दाङ–  राष्ट्रिय सभा सदस्य चयनका लागि प्रदेश नम्बर ५ को मतदान सुरु भएको छ । घोराही स्थित कर्मचारी मिलन केन्द्र मतदान केन्द्रमा मतदान भैरहेको छ ।

विहान १० बजे देखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्म चल्ने निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए । एउटा प्रदेशबाट ८ जना राष्ट्रिय सभा सदस्य चयन गर्नका लागि भैरहेको यो निर्वाचनमा दाङमा ५ जना सदस्य चयनका लागि मतदान चलिरहेको छ । यसअघि तीन जना महिला सदस्यहरु निर्विरोध निर्वाचित भैसकेका छन् । ५ सदस्य चयनका लागि ८ जना प्रतिस्पर्धी चुनावी मैदानमा छन् ।

५ नम्बर प्रदेशबाट प्रतिनिधी सभा सदस्य चयनका लागि १२ जिल्लाका ३०५ जना मतदाताहरुले मतदान गर्ने छन । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले यो निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

 

प्रकाशित: २४ माघ २०७४ ०६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App