१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

ड्रग्स कारोबारमा ममताको संलग्नता?

भारत- पूर्व बलिउड अभिनेत्री ममता कुलकर्णी ड्रग्स र्‍याकेटमा संलग्न रहेको आरोप लागेको छ। भारतको मुम्बईस्थित ठाने पुलिसले ममता करोडौं रुपैंयाको ड्रग्स र्‍याकेटमा संलग्न रहेको पुष्टि गरेको हो।

ठाने प्रहरी आयुक्त परमवीर सिंहले मुम्बईमा शनिबार भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै केही दिन अघि समातिएका दुई कारोबारी र अमेरिकी ड्रग एजेन्सीबाट प्राप्त जानकारीका आधारमा ममता मुख्य अभियुक्त रहेको जानकारी गराए। पुलिसले सो मामलामा उनका साथी विकी गोस्वामी पनि दोषी हुन सक्ने आंकलन गरेको छ।

प्रहरी आयुक्त सिंहले ममता हाल साथीहरुसँग केन्या भ्रमणमा रहेको र उनलाई भारत ल्याउने प्रयास भइरहेको जानकारी गराएका छन्। यसका लागि प्रहरीले सबैभन्दा पहिले ममताको नाम रेडकर्नर नोटिशमा सामेल गराउने र त्यसपछि केन्या पुलिसको सहयोगमा भारत ल्याउनेछ।

प्रहरीका अनुसार पुलिसले सोही मामलामा अहिलेसम्म १० जनालाई पक्राउ गरिसकको छ। जसमध्ये चार विरुद्ध मुद्दा दायर भइसकेको छ भने अन्य सात जनाको खोजी भइरहेको छ।

पुलिसले गतहप्ता मात्र १८.५ टन एफेड्रिन समातेपछि ड्रग्सको कारोबार सतहमा आएको थियो। पकडिएको ड्रग्सको मूल्य दुई हजार करोड बराबर हुन आउँछ। पुलिसले ममताको बैंक खाताको जाँच पनि सुरु गरेको जनाएको छ।

 

प्रकाशित: ५ असार २०७३ ०६:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App