१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कोरियोग्राफर नम्रताले सुरु गरिन् ‘कत्थकांक्षा’

अधिकांश समय अभियनसम्बन्धी विभिन्न गतिविधि हुने राजधानीको सर्वनाम थिएटर बुधबार केही फरक दृश्य देखियो। कलाकारहरुको लागि अभिनय सिकाउन तयार गरिएको सर्वनामको प्रशिक्षण दिने कक्षामा केही युवतीहरु कत्थक नृत्य गर्न व्यस्त थिए।


कोरियोग्राफर नम्रता केसी उनीहरुलाई कत्थक नृत्यको विभिन्न स्टेपहरु सिकाइरहेकी थिइन्। कोरियोग्राफर नम्रता केसीको ‘कत्थकांक्षा’ नामक कथक नृत्यसम्बन्धी कार्यशाला राजधानी सुरु भएको छ। कथक नृत्यसम्बन्धी औपचारिक प्रशिक्षण दिन राजधानीको सर्वनाम थिएटरमा बिहीबारदेखि ‘कत्थकांक्षा’ सुरु भएको हो।


नृत्यका विभिन्न विधामध्येको गाह्रो र महत्वपूर्ण कत्थक नृत्यको कार्यशाला राजधानीमा नहुने भएकाले कोरियोग्राफर नम्रता केसीको एक महिनाको ‘कत्थकांक्षा’ नामक कत्थक नृत्य कार्यशाला सञ्चालन गरेकी हुन्।


हालै लखनऊ विश्वविद्यालयबाट कत्थक नृत्यमा स्नातकोत्तर सिध्याएर फर्किएकी कोरियोग्राफर नम्रताका अनुसार कत्थक नृत्यले विभिन्न कथालाई नृत्यको माध्यमले भन्ने गरेको बताउँछिन्। ‘कत्थक नृत्य गाह्रो भएपनि त्यसले नृत्यको माध्यमबाट कथा भन्ने गरेको छ। त्यो कथाहरु धार्मिक हुन या सामाजिक, सबैखालका भावलाई प्रस्तुत गरिन्छ,’उनी भन्छिन्,‘ तबला, सितार र घुंघरुको तालमा कथाहरुलाई नृत्यमार्फत अभिव्यक्त गरिन्छ।’


डा.आकांक्षा श्रीवास्तवबाट कत्थक नृत्यमध्येको लखनऊ घराना स्नातकोत्तर गरेकी कोरियोग्राफर नम्रताले नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘छमछमी’ नामक नृत्य प्रतियोगितामा सहभागि भएकी थिइन्। केही वर्षअघि राजधानीको मण्डला थिएटरमा अभिनेता नाजिर हुसेनको नृत्यसम्बन्धी नाटक ‘स्वान लेग’ लाई निर्देशन गरेकी थिइन्।
‘नेपालमा कत्थक नृत्यको कार्यशाला खासै भएको छैन्। फेरि भारतमा नृत्य कलाप्रति गरिने सम्मानले कलाकारहरु प्रोत्साहित हुन्छन्। नेपालमा कत्थक नृत्यलाई स्थापित गराउन सकिन्छ भन्ने लागेर ‘कत्थकांक्षा’ बाट सुरुवात गरेका हौं । मैले पढाईको दौरान सिकेका कुरा कार्यशाला अवधीमा सहभागिहरुलाई सिकाउँदा थप जानकारी बढ्ने भएकाले कार्यशालाको आयोजना गरेका हौं।’ नेपालमा राष्ट्रव्यापी कत्थक नृत्य प्रतियोगिता हुन गरेपनि कार्यशालाहरु खासै हुदैंनन्।


‘नृत्य भनेको पढ्ने विषय होइन भन्ने धेरै भेटेको छु। अध्ययन विना नृत्य जानिदैन्। व्यवसायिक रुपमा नृत्यमा लाग्न अध्ययन जरुरी छ,’उनले भनिन्,‘अझ कत्थक नृत्य व्यवसायिक हुन सक्यो भने राम्रो आम्दानी गर्न सकिन्छ। फेरि कला क्षेत्र बलियो भयो भने देशको सभ्यत समेत उत्कृष्ट हुने हुँदा कत्थक नृत्यलाई स्थापित गर्नु जरुरी छ ।’
मण्डला थिएटरको नाटक ‘सुनकेशरी’मा अभिनय गर्दै स्टेजमा देखिएकी कोरियोग्राफर नम्रताको ‘कत्थकांक्षा’ को संयोजन भने कोरियोग्राफर कृपा बज्रचार्यले गरिदिएकी हुन्।
‘नेपालमा नृत्यलाई जीविकाको हिसाबले खासै सुरक्षित पेशा मानिदैन्। अझ कत्थक नृत्य भने जटिल नृत्य भएकाले नृत्यमा आवद्ध व्यवसायिक व्यत्तित्वहरु खासै आँट गर्दैनन्,’संयोजक कृपा बज्रचार्यले भनिन्,‘कत्थक नृत्य सिक्न चाहाने जमात नेपालमा धेरै छन्। हामीले बल्ल सुरुवात गरेका हौं। आगामी दिनमा यसलाई बिस्तार गरेर लाग सकियो भने आम्दानीको राम्रो स्रोतको हुन सक्छ।’


पहिलो पटक संञ्चालन गरिएको ‘कत्थकांक्षा’ मा २० जना प्रशिक्षार्थीहरु सहभागि भएका छन्। ‘कत्थक नृत्य सिक्न गाह्रो भएकाले नेपालमा खासै कार्यशालाहरु हुने गरेको छैन्। धेरै पहिलेदेखि कार्यशालामा सहभागि हुन चाहेपनि भएकै थिएन्। यो कार्यशालाबारे जानकारी पाएपछि १ महिने कक्षामा सहभागि भएको हुं,’सहभागि प्रशिक्षार्थीले भनिन्।
 एक महिनाको कार्यशाला प्रशिक्षार्थीहरुले कत्थक नृत्यसम्बन्धी लाईभ म्युजिकल प्रस्तुतीसहितको कार्यक्रम हुनेछ ।

प्रकाशित: २६ जेष्ठ २०७३ ०७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App