१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विरामीबाट लिएको रकम फिर्ता

डा. यादव ।

महेश्वर चामलिङ राई

उदयपुर–सरकारी अस्पतालमा आएका विरामीलाई आप्mनो निजी अस्पतालमा लगेर मोटो रकम असुल गरेका जिल्ला अस्पताल उदयपुरमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. धनिकलाल यादव (डिएल) ले चौतर्फी विरोध भएपछि विरामीको रकम फिर्ता गरेका छन्।

 जिल्ला अस्पताल उदयपुरमा महिला तथा स्त्रीरोग विशेषज्ञ रहेका गाइनोलोजिष्ट डा. यादवले शुक्रबार जिल्ला अस्पतालमा उपचारका लागि आएकी जाल्पाचिलाउने ४ की २६ वर्षीया विष्णुमाया तामाङलाई आप्mनो निजी अस्पताल त्रियुगा हस्पिटल गाइघाटमा बोलाएर मोटो रकम असुलेका थिए। उनले असुलेको रकमबारे थाहा पाएर पत्रपत्रिकामा समाचार प्रकाशन भएपछि अधिकारकर्मीको समूहले उनीविरुद्ध कर्तव्य ज्यानको मुद्दा दर्ता गर्ने प्रक्रिया अपनाएपछि पैसा फिर्ता गरेका हुन्।

पीडितका श्रीमान् पदमबहादुर तामाङका अनुसार पाँच महिनाकी गर्भवती श्रीमतिको अत्याधिक रक्तश्राव र पेट दुखेपछि गत असार १५ गते जिल्ला अस्पतालमा चेकजाँच गर्न ल्याएकोमा डा. यादवले चेकजाँच र भिडियो एक्सरे गरेपछि शिशु पेटमा मरेको भन्दै आप्mनो क्लिनिकमा ल्याउन भनेका थिए। जिल्ला अस्पतालमै प्रसुति सेवाका सम्पूर्ण व्यवस्था भए पनि आफ्नो क्लिनिकमा बोलाएर पैसा असुल्न पल्केका डा. यादवले मरेको पेटको शिशु निकाल्न भन्दै २२ हजार पाँचसय रुपैयाँ लिएका थिए। त्रियुगा हस्पिटलमा रकम असुलेपछि खर्च अभावमा भौँतारिएका तामाङबाट उनले अनाधिकृत रकम असुलेको सार्वजनिक भएपछि पत्रकार र अधिकारकर्मीले उनीविरुद्ध समाचरा लेख्दै कारबाहीका लागि प्रक्रिया अघि बढाएपछि पैसा फिर्ता गरेको अधिकारकर्मी माया भण्डारीले बताइन्।

जिल्ला अस्पतालमा ड्यूटी अवधिमै आए पनि तामाङ दम्पतिलाई दिनभर कुराएर साँझ परेपछि डा. यादवले आप्mनो क्लिनिकमा लगेर पैसा असुलेर पेटको शिशु फालेकोे पीडितको गुनासो बाहिर आएपछि उनीविरुद्ध अधिकारकर्मीहरुले कानुनी कारबाहीको प्रक्रिया अघि बढाएका थिए। सञ्चारमाध्याममा समाचार सार्बजनिक भएपछि त्रियुगा हस्पिटलमा सर्बसाधारणले शनिबार घेराउसमेत गर्न आएपछि प्रहरी बोलाएर तामाङ दम्पतिलाई जवरजस्ती घर पठाएको पनि उनीविरुद्ध आरोप छ । यसरी उनको गैरकानुनी कामको चौतर्फी विरोध भएपछि अधिकारकर्मी र पत्रकारको रोहबरमा पीडित विरामीलाई लिएको रकममध्ये औषधिको रकम कटाएर बाँकी फिर्ता गरेको भण्डारीले बताइन्।

डा. यादवले मापदण्ड नपुगेको तथा स्रोतसाधन प्रयोग नगरी महिलाको मरेको शिशु अप्रेशन गरी निकालेको पनि पीडितको भनाइ छ । अस्पतालमा निशूल्क गर्न पाउने सबै प्रसुति सुविधाको व्यवस्था हुँदा हुदै डा. यादवले कमजोर आर्थिक अवस्था भएका तथा पहुँचबाहिरका सर्वसधारणलाई बाध्य बनाएर आप्mनो क्लिनिक ल्याउदै रकम असुलेर उपचार गर्ने गरेको भन्दै केहीसमययता आलोचना हुँदै आएको छ। अस्पताल विकास समितिका  अध्यक्ष शिव रेग्मीले पटक पटक उनीविरुद्ध यस्ता आरोप आएपछि अव कारबाही गर्ने तयारीमा समिति पुगेको बताएका छन् ।
डा. यादवले एक महिनाअघि पनि जिल्ला अस्पतालमा उपचारार्थ आएकी एक गर्भवति महिलालाई आप्mनो क्लिनिकमा आउन बाध्य पार्न तीन दिनसम्म उपचारमा ढिला गर्दा मृत्यु भएको थियो। सो विषयमा प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा गठित समितिले छानविन गरिरहेको छ। जिल्ला अस्पताल उदयपुरमा पाँचवर्षयता संयुक्त राष्ट्र संघ बाल कोष (युनिसेफ) बाट मासिक दुईलाख रुपैयाँ पारिश्रमिक बुभ्mदै मातृ शिसु कार्यक्रमअन्तरगत कार्यरत करार चिकित्सक डा. यादवलाई यो घट्नामा भने बाध्य भएर कारबाही गर्नुपर्ने अवस्था आएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. विष्णुबहादुर बस्नेतले बताएका छन्।

 

प्रकाशित: २० असार २०७३ ०९:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App