७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नेतन्याहूले भनेः शत्रुलाई परास्त गर्न विश्वको कुनैपनि शक्ति सामू झुक्दैनौं

इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले विश्वको कुनैपनि शक्ति सामू आफू नझुक्ने बताएका छन्।

अमेरिकाले रफाहमाथि आक्रमण गर्ने इजराइली हठपछि हतियार नपठाउने निर्णय गरे लगतै नेतन्याहूको उक्त बयान सार्वजनिक भएको हो।

उनले गाजामा युद्ध रोक्नका लागि जतिसुकै दबाब आएपनि हमासलाई सिध्याएरै छाड्ने दोहोर्‍याए।

इजराइलको वार्षिक होलोकास्ट रिमेम्बरेस डेको अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘विश्वको एकमात्र यहुदी मुलुक इजराइललाई युद्धमा एक्लै लड्नु पर्यो भने पनि पछि हट्दिन। हामी आफ्नो दुश्मनलाई हराएर मात्रै सुकुनको आनन्द लिन सक्छौँ।’

उनले ८० वर्षपछि फेरि इजराइललाई विनाश गर्नका लागि शत्रुहरू लागिपरेको भन्दै कुनैपनि अन्तर्राष्ट्रिय दबाब वा निर्णयले इजराइललाई आफ्नो रक्षा गर्नबाट रोक्न नसक्ने बताए।

गत ७ अक्टुबरमा हमासले इजराइलमाथि आक्रमण सुरु गरेपछि दुबै पक्षबीच युद्ध सुरु भएको हो। पछिल्लो समय रफाहमाथि आक्रमण गर्ने चेतावनी दिँदै आएको इजराइललाई विभिन्न अन्तर्राष्ट्रिय समुदाय र अमेरिकाले रफाहमाथि आक्रमण नगर्न भन्दै आएको छ।

प्रकाशित: २८ वैशाख २०८१ ०७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App