७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जुन ५ मा ‘इन्डिया’ को सरकार, अगस्टमा ३० लाख सरकारी जागिर: गान्धी

भारतमा लोकसभा निर्वाचनको चटारो छ। हालसम्म तीन चरणमा निर्वाचन सम्पन्न भइसकेको छ।

चुनावमा ‘एनडिए गठबन्धन’ बाट ‘चार सौं पार’ को नारा लिएर चुनावी अभियानमा होमिएका प्रधानमन्त्री नरेन्द्र मोदीले अपेक्षा गरेअनुरूप नतिजा नदेखिएको टिप्पणी भइरहेको छ।

यस्तोमा ‘इन्डिया गठबन्धन’ बाट सम्भावित प्रधानमन्त्रीको उम्मेदवार मानिएका कांग्रेस आईका नेता राहुल गान्धीले ४ जुनसम्म इन्डिया गठबन्धनको सरकार बन्ने दाबी गरेका छन्। चुनावी अभियानमा दौडिरहेका बेला गान्धीले बिहीबार उक्त दाबी गरेका हुन्।

‘देशका युवाहरू ४ जुनमा इन्डियाको सरकार बन्छ। हाम्रो ग्यारेन्टीअनुसार १५ अगस्टसम्म ३० लाख रिक्त सरकारी पदमा भर्ती सुरु गरिहाल्छौँ,’ उनले भनेका छन्,‘नरेन्द्र मोदीको झुठो प्रचारबाट नभड्किनुहोला। आफ्नो मुद्दामा डटिरहनुस्।’ उनले नफरत नभएर नोकरी चुन्न आग्रह गरेका छन्।

प्रकाशित: २७ वैशाख २०८१ १६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App