६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हमासले दिएको प्रस्ताव इजराइलद्वारा अस्विकार, रफाहमा आक्रमण सुरु

इजराइलले हमाससँगको युद्धविराम सम्बन्धी प्रस्ताव अस्विकार गरिदिएको छ। इजराइलले अर्को चरणको वार्ताका एक प्रतिनिधिमन्डल इजिप्टको काहिरा पठाउने तयारी गरेको छ।

इजराइलले हमासले सहमति जनाएको विषयमा आफू असहमत रहेको भन्दै नयाँ वार्ताका लागि प्रतिनिधिमन्डल काहिरा पठाउने बताएको हो।

हमासले प्रस्तुत गरेको प्रस्तावमा इजिप्ट र कतारले मध्यस्थता गरिरहेको छ। तर, उक्त प्रस्तावमा के कस्ता विषयहरू समावेश गरिएका छन् भन्नेबारे कुनै जानकारी दिइएको छैन।

जानकारहरूका अनुसार उक्त प्रस्तावमा इजराइली बन्धकहरूलाई रिहा गर्नुको साटो इजराइली जेलमा बन्द रहेका प्यालेस्टिनी नागरिकलाई रिहा गर्ने विषय हुन सक्छ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजराइल सरकार र हमासलाई एउटै सम्झौतामा सहमत हुनका लागि अपील गरेका छन्।

यसैबीच, इजराइली सेनाले दक्षिणी गाजास्थित रफाहमाथि आक्रमण सुरु गरेको छ। आइतवार त्यस क्षेत्रमा शरणार्थी भएर बसिरहेका प्यालेस्टिनीलाई खान युनिस र अन्यत्र जान भनेको इजराइलले सोमवारबाट रफाहमा आक्रमण सुरु गरेको हो।

इजराइली आक्रमण हुने भएपछि १ लाखभन्दा बढी मानिसले रफाह छाडिसकेका छन्। गाजामा युद्ध सुरु भएपछि रफाहमा करिब १० लाख प्यालेस्टिनी बस्दै आएका छन्।

प्रकाशित: २५ वैशाख २०८१ १०:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App