२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिनियाँ उद्धार टोली टर्की जाँदै

चिनियाँ उद्धार टोली बेइजिङबाट मङ्गलबार दिउँसो चार्टर्ड विमानमा टर्की लागि प्रस्थान गरेको छ । बयासी सदस्यीय टोली टर्की सरकारको अनुरोधमा आपतकालीन व्यवस्थापन मन्त्रालयले पठाएको थियो ।

बेइजिङ फायर एण्ड रेस्क्यू कोप्रस, नेसनल भूकम्प रेस्पोन्स सपोर्ट सर्भिस र बेइजिङस्थित आपतकालीन जनरल अस्पतालका कर्मचारीहरू मिलेर बनेको टोलीले उद्धारका उपकरण र सामग्री बोकेको थियो ।

टर्किए र छिमेकी सिरियाका केही भागमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी करिब पाँच हजार मानिसको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् ।

प्रकाशित: २५ माघ २०७९ ०४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App