५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा विस्तार हुनुपर्छः उपकुलपति बस्नेत

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा.भूपेन्द्रकुमार बस्नेतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तीन सय शैय्याभन्दा माथिका देशभरका सबै अस्पतालमा विस्तार हुनुपर्ने बताएका छन्।

आईतवार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा मात्र नभइ देशभरका तीन सय शैय्या भन्दा माथिका सबै अस्पतालमा हुनु अनिवार्य रहेको बताए। 

उनले देशको आवश्यकता, संविधानले प्रत्याभुत गरेको स्वास्थ्य सम्बन्धी हकलाई कार्यान्वनय गर्न अझै धेरै जनशक्तिको आवश्यक रहेको पनि बताए। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अझै धेरै तालिम, अध्ययन, अनुसन्धानको पाटोहरुलाई अघि बढाउनुपर्ने अवस्था रहेको पनि उनको भनाइ छ।

उनले भइरहेको जनशक्ति, भौतिक पूर्वाधार र सरकारबाट प्राप्त ५७० रोपनी दुवाकोटको जग्गाको गुरुयोजना बनिसकेको र प्रधानमन्त्री पुष्पकमल दाहालबाट गुरुयोजना अघि बढाउने प्रतिवद्धता आइसकेको बताए।  

प्रकाशित: २३ वैशाख २०८१ १३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App