२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

वैशाख ३१ मा ५ वर्ष मुनिका बालबालिकालाई छुट खोप लगाइने

सरकारले वैशाख ३१ गते वृहत्त खोज र खोप अभियान सञ्चालन गर्ने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाका लागि वृहत्त खोज र खोप अभियान सञ्चालन गर्न लागेको हो।

देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिइने मन्त्रालयले जनाएको छ।

प्रकाशित: १२ वैशाख २०८१ १४:०४ बुधबार

सरकार खोप अभियान वृहत्त खोज र खोप अभियान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय